प्रदेशसभाका लागि म योग्य उम्मेदवार हुँः कार्की

 शुक्रबार, भदौ १७, २०७९ | onlinenews

रामेछाप– मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका मिति नजिकिदै गर्दा उमेदवारीको सिफारिस लिएका नेपाली काँग्रेसका नेता एवं महाधिवेशन प्रतिनिधि महेश कार्कीले आफू बागमती प्रदेश सांसदको लागि योग्य उमेदवार भएको बताएका छन् । राजनीति र सामाजिक कार्यमा सक्रिय रहेका कार्की लामो समयदेखि शैक्षिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।
२०४६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीतिमा आएका कार्की २०४८ सालमा पार्टीको सक्रिय सदस्यता लिएर २०५१ सालमा नेपाल तरुण दल रामेछापको सदस्य भएका थिए । २०५४ सालमा नेपाली काङ्ग्रेसको क्षेत्रीय प्रतिनिधि भएपश्चात पार्टी संगठन बिस्तारमा आफू अहोरात्र खटिएको कार्की बताउँछन् । २०५६ सालदेखि निर्वाचन परिचालन समितिमा रहेर पार्टीका उमेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गरेको कार्कीको भनाई छ ।
जिल्लाका ६४ वटै वडामा संगठन बिस्तार र सेवामूलक कार्यका आफूले उमेदवारी दाबी गरेको कार्कीले बताए । आफू उम्मेदवार भएको खण्डमा प्रभावकारी ढंगबाट निर्वाचन परिचालन गरि बहुमत ल्याएर निर्वाचित हुने उनको दाबी छ ।

प्रतिकृया

Add