लोपोन्मुख जाति हायू प्रदेशसभा सदस्य समानुपातिकमा सिफारिस

 शनिबार, भदौ १८, २०७९ | onlinenews

रामेछाप– जिल्लामा रहेको लोपोन्मुख हायु समुदायकी युवा नेत्रीकुमारी हायुलाई नेपाली काँग्रेस रामेछापले प्रदेश ’क’ बाट समानुपातिकर्फ वागमती प्रदेशसभा सदस्यमा सिफारिस गरेको छ । विद्यार्थी जीवनदेखि सक्रिय राजनीतिमा रहेकी हायु नेपाल विद्यार्थी संघमा गौरीशंकर उच्च माध्यमिक विद्यालयमा कोषाध्यक्ष पदमा रहेर उत्कृष्ट जिम्मेवारी निर्वाह गरेको बताउँछिन । जी. पी कोइराला फाउन्डेसनको जिल्ला कोषाध्यक्ष भएर नेपाली काँग्रेसको संगठन बिस्तार गर्न उल्लेख सहयोग गरेको उनको भनाई छ ।
जिल्लामा रहेको लोपोन्मुख जाति तथा अन्य जातजातिको भेषभुसा, भाषा र संस्कृतिलाई संरक्षण गर्न पनि आफू प्रदेश सांसदमा सिफारिस भएको र पार्टीले बिश्वास गरेर समानुपातिक सांसद बनाउनेमा विश्वस्त रहेको हायु बताउँछिन् । हायु भन्छिन्– नेपाली काँग्रेसमा आजसम्म हायु समुदायको प्रतिनिधित्व सांसदमा नभएको हुनाले यो पटक अवस्य पनि पार्टीले यो समुदायको सम्मान हुने गरि आफ्नो उपस्थिति गराउँछ भन्ने लगेको छ ।
हायु नेपाली काङ्ग्रेसको १४ औं जिल्ला अधिवेशनमा जनजाति महिलातर्फ सबैभन्दा बढी मत ल्याएर विजय भएकी थिइन् ।

प्रतिकृया

Add