न्यायोचित टिकट वितरण नभए पार्टीको निर्णय मानिदैनः राउत

सांसद भइसकेकाहरु दोहोरिनु हुँदैन

 शुक्रबार, भदौ २४, २०७९ | onlinenews

रामेछाप– नेकपा माओवादी केन्द्रका उपत्यका विशेष प्रदेश कमिटी सदस्य प्रदिप राउतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि न्यायोचित टिकट वितरण नभए पार्टीको निर्णय नमान्ने बताएका छन् । राउतले रामेछाप प्रदेशसभा ‘क’ बाट आफ्नो उम्मेदवारी घोषणा गर्दै टिकट वितरणमा पार्टीले अन्याय गरे पार्टीको निर्णय नमान्ने बताएका हुँन् । टिकट वितरणमा यस अघि सांसद भइसकेकाहरु दोहोरिन नहुने उनको भनाई छ ।

गठबन्धनमा टिकट भागबण्डा गर्दा पनि पार्टीले सहि निर्णय नलिए मान्य नहुने बताए । रामेछाप जिल्लामा प्रतिनिधिसभा सदस्य यसअघि माओवादी केन्द्रले जितेकाले गठबन्धन हुँदा पनि प्रतिनिधिसभाको टिकट माओवादीले नै लिनुपर्ने राउतको तर्क छ । प्रतिनिधिसभा सदस्यको टिकट माओवादी केन्द्रले लिएर सहि ब्यक्तिलाई टिकट दिएमा आपूm उम्मेदवारी त्याग्न तयार हुने तर पार्टीले अन्यायपूर्ण ढंगले टिकट दिएमा चुनावमा सहयोग नगर्ने बताए । प्रतिनिधिसभाको टिकट माओवादीको भागमा नपरेमा प्रदेश सभामा आफ्नो उम्मेदवारी कायमै रहने र प्रतिनिधि सभा माओवादीको भागमा परेर पनि पार्टीले गलत ब्यक्तिलाई टिकट दिएमा पनि आफ्नो उम्मेदवारी कायमै रहने बताए ।

यदि पार्टीले प्रतिनिधि सभामा पात्र नदोहोरिने गरि सहि ब्यक्तिलाई टिकट दिएमा आपूm उम्मेदवारी फिर्ता लिन पनि तयार हुँने बताए । तर आपूm गठबन्धनको विरुद्धमा भने नरहेको बताए । टिकट वितरणमा किनबेच हुने गरेकाले त्यसमा आपूmले खबरदारी गर्दै आएको समेत राउतले बताए । राउत नेकपा माओवादी केन्द्र प्रदेशसभा ‘क’ रामेछापबाट प्रदेशसभा सदस्यका लागि सिफारिस भएका छन् ।

प्रतिकृया

Add