सिन्धुपाल्चोकका डंगोल गाँजासहित पक्राउ

 बिहिबार, भदौ ३०, २०७९ | onlinenews

रामेछाप– रामेछापको मन्थली नगरपालिका–६ सेलेघाट प्रहरी चेकपोष्टबाट अवैध गाँजासहित सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका–७ का राजेन्द्र डंगोल पक्राउ परेका छन् । सेलेघाट प्रहरी चेकपोष्टमा सवारी चेकजाँचको क्रममा मन्थलीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ८२ प ९९५० नम्बरको एनएस मोटरसाइलमा सवार डंगोलले पछाडि भिरेको झोलामा लुकाइछिपाई ल्याएको ७०० ग्राम गाँजा फेला परेपछि उनलाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । डंगोललाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

Add