खाँडादेवी आँपचौरका नवराज गाँजासहित पक्राउ

 बिहिबार, भदौ ३०, २०७९ | onlinenews

रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिका–३ आँपचौरका नवराज खत्री दुई किलो अवैध गाँजासहित पक्राउ परेका छन् । खत्रीले आफ्नो किराना पसलमा अवैध गाँजा लुकाईछिपाई राखेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय खाँडादेवीका प्रहरी निरीक्षक तेजप्रसाद कडेलको नेतृत्वमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।
प्रहरीले खानतलासी गर्ने क्रममा पसलको कुनामा प्लाष्टिको बोरामा लुकाएर राखिएको अवैध गाँजा फेला परेपछि गाँजासहित खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । खत्रीलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

Add