रामेछाप म्यादीमा १ हजार ३ सय ६६ आवेदन

 शनिबार, अशोज ८, २०७९ | onlinenews

रामेछाप– आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि आह्वान गरेको म्यादी प्रहरी भर्ना छनौटमा आवस्यकता भन्दा बढी आवेदन परेको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरी भर्ना छनौट नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड २०७९ अनुसार २०७९ भदौ ३० गतेदेखि २०७९ असोज ६ गतेसम्म यस जिल्ला प्रहरी कार्यालय रामेछापमा म्यादी प्रहरीको लागि आवेदन फारम खुल्लाइएको थियो । ३ सय ८३ महिला र ९ सय ८३ पुरुषले आवेदन दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जानकारी दिए ।
१ हजार १ सय ३५ जनाको लागि आवेदन खुलाइएको १ हजार ३ सय ६६ आवेदन दर्ता भएको पनि ढकालले जानकारी दिए ।

प्रतिकृया

Add