शिक्षक संघ रामेछापद्धारा सञ्चालित कोषमा ६ लाख भन्दा बढी रकम संकलन

 आइतवार, अशोज ९, २०७९ | onlinenews

रामेछाप । नेपाल शिक्षक संघ रामेछापले सञ्चालन गरेको शिक्षक कल्याण कोषमा ६ लाख भन्दा बढी रकम संकलन भएको छ । नेपाल शिक्षक संघ रामेछापका अध्यक्ष रामकृष्ण श्रेष्ठले कोषमा ६ लाख ३६ हजार ४ सय रुपैयाँ जम्मा भएको जानकारी दिए । २ लाख ४१ हजार रकम प्रतिबद्धता अनुसार दाताले दिन बाँकी रहेको पनि श्रेष्ठले बताए । संकलित रकम मध्य ५ लाख ५० हजार रुपैयाँ मुद्दती खातामा जम्मा गरिएको पनि श्रेष्ठले बताए । आगामी मंसिरसम्म कोषमा दश लाख र आफ्नो कार्यकालमा २० लाख पु¥याउने लक्ष्य रहेको श्रेष्ठको भनाई छ । संघका पालिकागत उपलब्धिको समीक्षा साथै दशैँ, तिहार, छठ र नेपाल सम्बतको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले बोलाइएको दोश्रो पूर्ण बैठकमा पालिकागत संरचना निर्माण भए पनि वडागतरुपमा ४५ वडामा मात्र इकाइ गठन भएको जानकारी गराएका थिए ।


बैठकले जिल्लाका सबै वडाहरुमा संगठन विस्तार गरि संघलाई मजबुद्, दरिलो र गतिशील बनाउने निर्णय गरेको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए । शिक्षक संघमा आवद्ध सम्पूर्ण शिक्षकलाई पालिका स्तरीय तालिम संचालन गरेर शिक्षकको वृत्तिविकासमा सहयोग पु¥याउने पनि बैठकले निर्णय गरेको छ । बैठकमा सल्लाहकार गुञ्जबहादुर श्रेष्ठ, नवराज घिमिरे लगायत संघका विभागीय प्रमुख तथा पलिका अध्यक्ष र वडा संयोजकहरूको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add