रामेछापका ५५ युवा बृटिश आर्मि, सिंगापुर पुलिस तथा इन्डियन आर्मि भर्नाको लागि पूर्व छनौटमा योग्य

 शनिबार, चैत्र १९, २०७३ | onlinenews
Share this

चैत्र १९, रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा शनिबार सञ्चालन गरिएको बृटिश आर्मि, सिंगापुर पुलिस तथा इन्डियन आर्मि भर्नाको लागि पूर्व छनौंट कार्यक्रममा ५५ जना युवाहरु योग्य ठहरिएका छन् ।
गोर्खा भर्तिमा कार्यरत ‘दि गोर्खा राइफल्स्’ प्रा.लि. ले निशूल्क सञ्चालन गरेको पूर्व छनौट कार्यक्रममा ६७ जना युवाहरु सहभागि भएकामा १२ जना असफल भएको ‘दि गोर्खा राइफल्स्’ प्रा.लि.का म्यानेजिङ्ग डाइरेक्टर विकाश परियारले जानकारी दिए ।
उमेरहद नाघेका १० जनाको आवेदन परेको र उनीहरुलाई भने पूर्व छनौट प्रक्रियामा सहभागि नगराइएको पनि उनले बताए । छनौट प्रक्रियामा सफल भएकाहरुलाई पूर्व तयारी तालिमको लागि पोखरामा बोलाइएको पनि डाइरेक्टर परियारले जानकारी दिए ।
पूर्व तयारी तालिमको लागि यही चैत्र २३ र २४ गतेभित्र पोखरा पुगिसक्नु पर्ने र पूर्व तयारी तालिममा लाग्ने खर्च भने स्वय प्रशिक्षार्थी आफैले ब्यहोर्नु पर्ने ‘दि गोर्खा राइफल्स्’ प्रा.लि. ले जनाएको छ ।
तालिममा सहभागिताको लागि अनिवार्य नभएको भन्दै पूर्व छनौट कार्यक्रममा योग्य ठहरिएका बृटिश आर्मि, सिंगापुर पुलिस तथा इन्डियन आर्मिमा भर्ना हुन इच्छुक ब्यक्तिहरु सहभागि हुन सक्ने पनि डाइरेक्टर परियारले जानकारी दिएका छन् ।

Share this

प्रतिकृया

Add