नेबिसंघ रामेछापको जिम्मेवारी बुढाथोकीलाई

 बिहिबार, अशोज २०, २०७९ | onlinenews

रामेछाप– नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रामेछापको अध्यक्षको जिम्मेवारी बिनोद बुढाथोकीलाई दिइएको छ । २०६५ सालबाट विद्यार्थी राजनीति सुरु गरेका बुढाथोकीलाई नेपाल विद्यार्थी संघ केन्द्रले अध्यक्षको जिम्मेवारी दिएको जानकारी पत्रकार सम्मेलन मार्फत गराइएको हो ।
नव दर्शन माध्यमिक विद्यालय तिल्पुङ्गबाट २०६५ सालदेखि विद्यार्थी राजनीति गरेका बुढाथोकी २०६९ सालदेखि जिल्ला सचिवको जिम्मेवारीमा थिए । नेबिसंघको बिधान अनुसार ३२ बर्षे उमेर हद र दश वर्षसम्म जिल्ला अधिवेशन गराउन नसकेको भन्दै यस अघिका अध्यक्ष सुशील अधिकारीलाई निलम्बन गर्दै अध्यक्षको जिम्मेवारी बुढाथोकीलाई दिएको नेपाल विद्यार्थी संघ केन्द्रिय समितिद्वारा जारी गरिएको पत्रमा उल्लेख छ । ३ महिना भित्र जिल्ला अधिवेशन गरान तथा संघ र प्रदेशको चुनावमा सशक्त भूमिका निर्बाह गर्न बुढाथोकीलाई अध्यक्षको जिम्मेवारी दिएको पत्रमा उल्लेख छ ।
केन्द्रको निर्देशन अनुसार तीन महिना भित्रै जिल्ला अधिवेशन गराउने र नेतृत्व हस्तान्तरण गर्ने अध्यक्ष बुढाथोकीले बताए । आफू दोहो¥याएर नेतृत्व नलिने र संगठनमा सकृय भएर लाग्ने साथीलाई नेतृत्व प्रदान गर्ने पनि बुढाथोकीले बताए । सबै सार्थीहरूलाई समेटेर चाँडैनै कार्य समितिलाई पूर्णता दिने बुढाथोकीको भनाई छ । नवनियुक्त अध्यक्ष बुढाथोकी नेपाल विद्यार्थी संघ रामेछापका १५ औँ अध्यक्ष हुन् ।

प्रतिकृया

Add