जनजीविका, जनतन्त्र र राष्ट्रियताको लागि मेरो उम्मेदवारीः तामाङ

 सोमवार, अशोज २४, २०७९ | onlinenews

रामेछाप– आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि नेकपा माओवादी केन्द्र रामेछापका नेता रामकुमार तामाङले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । नेता तामाङले काँग्रेस–माओवादी गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
राष्ट्रियताको रक्षा तथा जनतन्त्र र जनजीविकाको ग्यारेन्टिको लागि आपूmले रामेछापबाट प्रतिनिधिसभास सदस्यमा उम्मेदवारी दिएको तामाङले बताए । आर्थिक मन्दी बढेर देश नै असफलताको दिशामा गएकाले महंगीको कारण जनजिविकामा आएको समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता हुने तामाङले बताए ।
पार्टीभित्र मौलाएको बेथति, अराजकता र स्वेच्छाचारी प्रबृत्तिको विरुद्धमा आफ्ले उम्मेदवारी दिएको तामाङको दावि छ । शाखसरी नेकपा माओवादी रामेछापको नेतृत्वमा क्षेत्रीयता र जातिवाद हावी भएकाले त्यसको अन्त्यको लागि पनि मैले उम्मेदवारी दिएको हुँ, तामाङले भने । एमसीसी र नागरिकता विधेकजस्ता राष्ट्रियताको सवालमा पार्टी चुकेको बताउँदै, एमसीसी र नागरिकता विधेकमा पनि पार्टीभित्र आपूmहरुको फरक मत रहेको उनले बताए । राष्ट्रियता, जनजिविकाको ग्यारेन्टि र क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षाको लागि आफ्नो उम्मेदवारी भएको तामाङको दावि छ ।

प्रतिकृया

Add