रामेछापका न्यायिक समितिहरुद्धारा ८ बुँदे साझा प्रतिवद्धता जारी

 आइतवार, अशोज ३०, २०७९ | onlinenews

रामेछाप– रामेछाप जिल्लाका ८ वटै स्थानीय तहका न्यायिक समितिहरुले ८ बुँदे साझा प्रतिबद्धता–पत्र जारी गरेका छन् । न्यायिक समितिले सम्पादन गर्ने काममा एकरुपता ल्याउने उद्देश्यले रामेछाप नगरपालिकाको अगुवाइमा जिल्ला अदालतसँग अन्तरपालिका न्यायिक समिति समन्वय कार्यक्रममा न्यायिक समितिका संयोजकहरुले साझा प्रतिवद्धता–पत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा न्यायिक समितिले आफ्नो क्षेत्रकाधिकारभित्र रहेर गर्ने आदेश, सुनुवाई, फैसला, जाहेरी र जाहेरी फिर्ताको ढाँचामा एकरुप ल्याउने छलफलपछि ८ बुँदे साझा प्रतिबद्धता पत्र समेत जारी गरिएको रामेछाप नगरपालिकाका कानूनी सल्लाहकार लोकहरी दाहालले जानकारी दिए । साझा प्रतिवद्धता पत्रमा उल्लेख भएका बुँद्धाहरु कार्यान्वयन गर्न आपूmहरु प्रतिवद्ध रहेको न्यायिक समितिका संयोजकहरुले बताएका छन् ।
न्यायको पहँुचबाट टाढा रहेका नागरिकलाई सहज न्यायको पहुँचमा ल्याउन न्यायिक समितिको महत्वपूर्ण भूमिका हुने जिल्ला न्यायधीश इन्दीरा शार्माले बताइन । स्थानीय स्तरमा उत्पन्न भएका विवादलाई मेलमिलाप गराउने संविधानको मर्मअनुसकार काम गर्न पनि न्यायधीश शर्माले न्यायिक समितिलाई सुझाव दिएकी छन् । मेलमिलाप हुन नसक्ने विषयमा निर्णय गर्नुपर्दा न्यायिक समितिले कार्यविधिगत कुरा ध्यानदिनुपर्नेमा शर्माले जोड दिइन । फैसला गर्दा प्राकृतिक न्यायको सिद्धान्तालाई अवलम्ब गर्न गर्न न्यायधीश शर्माले न्यायिक समितिलाई आग्रह गरिन ।
न्याय सम्पादनमा रामेछाप जिल्ला अन्तर्गतका न्यायिक समितिलाई उत्कृष्ट बनाउने अभिलासाले जिल्ला न्यायधीशसँग अन्तरपालिका न्यायिक समिति समन्वय कार्यक्रम आयोजना गरिएको रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले बताए । न्यायिक समितिले विकास सँगसंगै न्यायिक कामलाई प्राथमिकतामा राख्नुपर्ने नगरप्रमुख न्यौपानेको भनाई छ ।
छलफल कार्यक्रमको सहजीकरण जिल्ला न्यायधीश इन्दीरा शर्मा र से्रस्तेदार रामप्रसाद पौडेलले गरेका थिए । कार्यक्रममा जिल्लाका ८ वटै स्थानीय तहका न्यायिक समितिका संयोजक, समितिका सदस्य र कानूनी सहजकर्ताहरुको सहभागिता रहेको थियो । स्थानीय सरकार अन्तर्गत रामेछाप जिल्लाका न्यायिक समितिले सम्पदान गर्ने कार्यमा एकरुपता ल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रामेछाप नगरपालिका न्यायिक समितिका संयोजक बालकुमारी कार्कीले बताइन ।
जिल्ला न्यायधीशसँगको अन्तरक्रिया कार्यक्रमपछि न्यायको पहुँचबाट टाढा रहेका नागरिकलाई सहज रुपमा न्याय दिलाउन आपूmहरुलाई सहयोग पुगेको न्यायिक समितिका लिखु तामाकोशी गाउँपालिकाकी संयोजक दिपा पाख्रिनले बताइन । रामेछाप नगरपालिकाको कानून शाखाले विगत वर्षहरुमा पनि न्याय सम्पादन सम्बन्धि तालिमहरु आयोजना गर्दै आएको छ ।

प्रतिकृया

Add