स्रोत र साधनको अभावमा जनअपेक्षा अनुसार काम गर्न सकिएनः डि.एसपी थिङ

 सोमवार, अशोज ३१, २०७९ | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले श्रोत र साधनको अभावमा प्रहरीले जनअपेक्षा अनुसारको काम गर्न नसकेको बताएका छन् । ६७ औँ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख समेत रहेका थिङले सिमित स्रोत साधनका कारण नागरिकको अपेक्षा अनुसार कार्य सम्पादनमा चुनौति थपिएकोे बताए । रामेछाप जिल्लामा १९ प्रतिशत प्रहरी दरबन्दी खाली रहनुका साथै नागरिकको असीमित अपेक्षा र प्रहरीको सीमित स्रोतसाधनका बाबजुद पनि प्रहरीले कुशलतापूर्वक कार्यसम्पादन गरिरहेको डि.एस.पी थिङले बताए ।


यस्तै कार्यक्रमलाई संवोधन गर्दै रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले स्थापनाकालदेखि अहिलेसम्म प्रहरी संगठनले गरेको काम प्रसंशनीय र गौरवपूर्ण रहेको बताए । शान्ति सुरक्षा, अपनचयन, अपराज नियन्त्रण र विपद ब्यवस्थापन लगायतका कार्यमा प्रहरीले उल्लेखनीय भूमिका रहेको अजिअ रेग्मीले बताए । प्रहरीले आफ्नो ब्यवसायिकतालाई आगामी दिनमा पनि कायम राख्नेमा रेग्मीले विश्वास ब्यक्त गरे ।
प्रहरी दिवसको अवसरमा अमर प्रहरीका परिवार र उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कार्मचारीलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी जिल्लास्थित इलाका प्रहरी कार्यालयहरुको भवन निर्माणका लागि जग्गा प्रदान गर्ने दाताहरुलाई पनि सम्मान गरिएको थियो ।

प्रतिकृया

Add