को हुन् रामेछाप प्रदेशसभा ‘ख’ का उम्मेदवार युवराज चौलागाई

 बिहिबार, कार्तिक १७, २०७९ | onlinenews

रामेछाप–लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट रामेछाप जिल्लाको प्रदेशसभा क्षेत्र नं. ‘ख’ का साझा उम्मेदवार युवराज चौलागाई २०३५ साल असोज २१ गते रामेछाप जिल्लाको साविक गुन्सीभदौरे गाविस वडा नं. ३ स्वाँरा टोल, हालको सुनापति गाउँपालिका वडा नं. १ मा जन्मिएका हुन् । कक्षा ६ मा अध्ययन गर्दागदै सानै उमेरमा अनेरास्ववियूबाट राजनीतिमा लागेका युवराज चौलागाई अहिले नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य छन् । तत्कालीन अवस्थाको राजनीतिक माहौल र उनको बालमस्तिष्कतमा घुसेको पञ्चायत बिरोधी भावना र शिक्षकहरुको प्रेरणाले आपूmलाई राजनीतिमा लाग्ने प्रेरणा मिलेको उनी बताउछन् ।
उनी सानैदेखि पाठ्य पुस्तक साथै अन्य पत्रपत्रिका र राजनीतिक पुस्तकहरु अध्ययन गर्दथ्ये । पाठ्यक्रम भन्दा बाहेकका पुस्तक र पत्रपत्रिकाहरुको अध्ययनबाट आपूmमा राजनीतिक दृष्टिकोण बनेको चौलागाई बताउँछन् । समाजको बेथिति, गरिबी, अन्याय र अभावको भावले पनि आपूmलाई राजनीतिमा लाग्ने प्रेरणा मिलेको उनको भनाई छ । २०४६ सालदेखि निरन्तर राजनीतिमा रहेका चौलागाई २०५० सालमा सतलङ्गेश्वर माध्यमिक विद्यालय गुन्सी भदौरेको इकाई समितिका अध्यक्ष बने । २०५२ सालमा अनेरास्ववियूको जिल्ला समिति कोषाध्यक्ष बनेका चौलागाई २०५४ सालमा अनेरास्ववियू क्रान्तिकारीको काभ्रे जिल्ला अध्यक्ष बनेका थिए ।

माओवादी आन्दोलनमा लागेकै कारण २०५५ सालदेखि २०५७ सालसम्म २ वर्ष जेलजीवन समेत बिताएका छन् युवराज चौलागाईले । माओवादी भए वापत पक्राउ परेका उनलाई हातहतियार तथा खरखजना सम्बन्धि अभियोग लगाएर केही समय काभ्रेको धुलीखेल जेलमा राखियो र पछि काठमाडौँ भद्रगोल जेलमा राखिएको थियो । नेता चौलागाई २०५७ सालमा रिहा भएपछि पार्टीको काममा पुनः सक्रिय भए । जनयुद्ध सुरुहुन पहिले नै माओवादी धारबाट उदायका नेता चौलागाई २०५४ सलादेखि नै विद्यार्थी नेताका रुपमा शहरमा माओवादी आन्दोलनका गतिविधि सञ्चालन गर्दै आएका थिए । २०५८ सालमा उनी अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य बनेका थिए । २०६० सालमा अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी सम्हालेका चौलागाई २०६४ सालमा अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष बने । २०५८ सालमा तत्कालीन नेकपा माओवादी रामेछापका जिल्ला कमिटी सदस्य बने । २०५९ सालमा पार्टीको पूर्वाञ्चाल क्षेत्रीय ब्यूरो सदस्यको जिम्मेवारी पाएका चौलागाई २०६८ सालमा विद्यार्थी संगठनबाट पुनः पार्टीको जिम्मेवारीमा फर्किए । २०६९ सालमा पार्टीको केन्द्रीय समिति सदस्य बने । पार्टीको छैठौं र सातौँ महाधिवेशनबाट निर्वाचिन केन्द्रीय सदस्य हुन् युवराज चौलागाई । हाल उनी नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य छन् ।
पार्टी राजनीतिक सँगसंगै उनले जनयुद्ध कालमा जनमुक्ति सेनामा कमिसार बनेको समेत काम गरेका छन् । उनले जनमुक्ति सेनामा प्लाटुन कमिसार–कम्पनी कमिसार हुँदै बटालियन कमिसारसम्म भएर जनमुक्ति सेनाको नेतृत्व गरेका थिए । जनयुद्धकालीन समयमा चौलागाईले पार्टीको जिम्मेवारी साथै विद्यार्थी संगठनको पूर्वी कमाण्ड इञ्चार्ज समेत भएर काम गरेका थिए । पार्टीले दिएको जस्तोकुसै जोखिमपूर्ण जिम्मेवारीलाई पनि सहज रुपमा लिएर जिम्मेवारी पूरा गरेरै छाड्ने नेता चौलागाईले पार्टी र विद्यार्थी संगठनको जिम्मेवारी लिएर विराटनगरमा २ वर्ष काम गरे । २०६९ सालदेखि २०७९ सालसम्म पार्टीको विदेश विभाग सचिव भएर काम गरेका चौलागाईले पार्टीको नेकपाकालिन समयमा ३ वर्ष विदेश संगठको अध्यक्ष समेत भए । यस क्रममा उनले अमेरिका, चीन, जापान, कोरिया, अस्टे«लिया लगायतका ३६ वटा देशहरुको भ्रमण गरेका छन् ।
विदेश मामलालका थिङट्यांक संस्थाहरुमा रहेर लामो समय काम गरेको अनुभव छ नेता चौलागाई सँग । कयौँ अन्तर्राष्ट्रिय गोष्ठि र सेमिनारहरुमा सक्रिय सहभागि भएका नेता चौलागाई अन्तर्राष्ट्रिय मामलाको जानकार रहेका माओवादीका थोरै नेताहरु मध्य एक हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट रहेका नेता चौलालाई पार्टीको केन्द्रीय राजनीतिको युवा पुस्तामा प्रभावशाली नेताका रुपमा गनिन्छन् ।
२०५१ सालको निर्वाचन बहिस्कार अभियानका क्रममा नेता चौलागाई चुनाव बहिस्कार अभियानको सक्रिय अभियन्ता थिए । २०६२÷६३ सालको जनआन्दोलमा काठमाडौंमा सक्रिय रहेका नेता चौलागाई जनआन्दोलनका बेला काठमाडौको खुल्ला मञ्चबाट राजतन्त्रको विरुद्धमा भाषण गर्ने पहिलो भूमिगत माओवादी नेता समेत हुन् ।
कक्षा ६ मा अध्ययन गर्दागर्दै सानै उमेरमा राजनीतिमा लागेका चौलागाईले त्रिभूव विश्व विद्यालयबाट ग्रामिण विकास र राजनीतिक शास्त्रमा स्नातकोत्तर (एम.ए.) सम्म पढेका छन् । चौलागाईलाई रामेछाप प्रदेशसभा क्षेत्र नंं. ‘ख’ का जनताले बौद्धिक साथै विकासमार्फत जिल्लालाई समृद्ध बनाउ सक्ने योग्य, विश्वासिलो र भरोसा लाग्दो उम्मेदवारको रुपमा चित्रण गरेको पाइन्छ ।

प्रतिकृया

Add