नमूना मतदानः रामेछापको मन्थलीमा मतपेटीका लुटियो

 सोमवार, कार्तिक २१, २०७९ | onlinenews

रामेछाप–आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरि जिल्ला निर्वाचन कार्यालय रामेछापले नमूना मतदान अभ्यास गरेको छ । निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षा निकाय र सरोकारवालाहरुको भूमिकालाई प्रभावकारी बनाउने बारे नमूना मतदान अभ्यास गरिएको हो । मतदान केन्द्रमा आइपर्ने समस्या, चुनौती र बुथ कब्जा हुनसक्ने अवस्थाको समेत परिकल्पना गरि नमूना मतदान अभ्यासमा प्रस्तुत गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत मधुकर शाहले जानकारी दिए । नमूना अभ्यासका क्रममा बुथ कब्जा तथा मतपेटीका कसरी लुटिनसक्छ भन्ने अभ्यास समेत नमूना अभ्यासमा प्रस्तुत गरिएको थियो । नमूना मतदान कार्यक्रम जिल्लाको ८ वटै पालिकाहरुमा सञ्चालन गरिने पनि शाहले जानकारी दिए ।
निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रम अन्तर्गत नमूना मतदान अभ्यास कार्यक्रमको आयोजना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । निर्वाचनमा ४ वटा मतपेटिका हुने भएकाले मतदाताहरु नझुक्किउन र मत बदर नहोस् भन्ने उद्देश्यले नमूना मतदान अभ्यास गरिएको रामेछाप जिल्ला न्यायधीश तथा मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले बताइन ।
बदर मत सख्यालाई घटनाउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन लागिपरेको पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।

प्रतिकृया

Add