रामेछापमा ८८ हजार ७ सय ५७ मत झर्यो

 आइतवार, मंसिर ४, २०७९ | onlinenews

रामेछाप- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ रामेछापमा ८८ हजार ७ सय ५७ मत झरेको छ । आइतबार सम्पन्न मतदानमा उमाकुण्ड गाउँपालिकामा ७ हजार ५ सय ७१, गोकुलगंगा गाउँपालिका ९ हजार ७०, लिखु तामाकोशी गाउँपालिका ९ हजार ४ सय ४, रामेछाप नगरपालिका ११ हजार ९ सय ७५, मन्थली नगरपालिका १८ हजार ९ सय ३६, खाँडादेवि गाउँपालिका ११ हजार ६ सय ४०, दोरम्बा १० हजार ३ सय ५९ र सुनापति गाउँपालिकामा ९ हजार ८ सय २ मत झरेको छ । मतदान सम्पन्न भएपछि मतपेटीकाहरु सदरमुकाम ल्याउने क्रमम जारी रहेको छ । नजिका बुथहरुबाट मतपेटी मन्थली आइसेको छ भने टाढाका थुबहरु ल्याउने क्रममा जारी रहेको छ । टाढाका बुथ आउने समय लाग्ने भएकाले मत गणना भने भोलीबाट सुरु हुने बताइएको छ ।

प्रतिकृया

Add