रामेछापको प्रदेशसभा क्षेत्र नं. क मा गठबन्धनका उम्मेदवार विजयी

 शुक्रबार, मंसिर ९, २०७९ | onlinenews

रामेछाप– रामेछापको प्रदेशसभा क्षेत्र नं. ‘क’ मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार तारानारायण श्रेष्ठ विजयी भएका छन् । लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार शान्तिप्रसाद पौडेललाई १ हजार ९ सय ९१ मतले पछिपार्दै १७ हजार १ सय ४८ मतसहित निर्वाचित भएका भएका हुन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी पौडेलले १५ हजार १ सय ५७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी राप्रपाका उम्मेदवार हिक्मत सुनुवारले ३ हजार ४ सय ९५ मत ल्याएका छन् भने नेकपा (एकीकृत समाजवादी) पार्टीका उम्मेदवार रमेशकुमार बस्नेतले २ हजार ८८ मत पाएका छन् । मतदाता शिक्षा प्रभावकारी नहुँदा यसपटक बदरमतको संख्या पनि बढेको पाइएको छ । रामेछापको प्रदेशसभा ‘क’ को मत गणना सम्पन्न हुँदा प्रदेशसभातर्फ १ हजार ७ सय ५२ मत बदर भएको छ ।

प्रतिकृया

Add