रामेछापमा ६२ हजार ४ सय ६५ मत गणना, तामाङको अग्रता कायमै

 शनिबार, मंसिर १०, २०७९ | onlinenews

रामेछाप– रामेछाप जिल्लामा खसेको ८८ हजार ९ सय ३३ मत मध्य ६२ हजार ४ सय ६५ मत गणना भएको छ । ६२ हजार मत गणना हुँदा प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका पूर्णबहादुर तामाङले ३१ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले २३ हजार २ सय १५ मत पाएका छन् । वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार पूर्णबहादुर तामाङले ८ हजार ३ सय ४० मतको अग्रता बनाएका छन् । प्रतिनिधिसभातर्फ ६२ हजार मत गणना हुँना ३ हजार ४ सय ९७ मत बदर भएको छ ।

प्रतिकृया

Add