रामेछापमा ६३ हजार ६ सय ६० मत गणना, मतान्तर फराकिलो बनाउँदै तामाङ

 शनिबार, मंसिर १०, २०७९ | onlinenews

रामेछाप– रामेछाप जिल्लामा खसेको ८८ हजार ९ सय ३३ मत मध्य ६३ हजार ८ सय ६० मत गणना भएको छ । ६३ हजार ८ सय ६० मत गणना हुँदा प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका पूर्णबहादुर तामाङले ३२ हजार ४ सय ४४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले २३ हजार ५ सय ९३ मत पाएका छन् । वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार पूर्णबहादुर तामाङले ८ हजार ८ सय ५१ मतको अग्रता बनाएका छन् । प्रतिनिधिसभातर्फ ६३ हजार ८ सय ६० मत गणना हुँना ३ हजार ५ सय ३३ मत बदर भएको छ ।

प्रतिकृया

Add