रामेछाप प्रदेशसभा ‘ख’ मा घिसिङको अग्रता कायमै

 शनिबार, मंसिर १०, २०७९ | onlinenews

रामेछाप– रामेछाप प्रदेशसभा क्षेत्र नं. ‘ख’ मा खसेको ४७ हजार १ सय ३७ मत मध्य २२ हजार २ सय ३७ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार मिलनकुमार घिसिङले अग्रता कायमै राखेका छन् । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार युवराज चौलागाईले ९ हजार ९ सय ७० मत पाउँदा घिसिङले १० हजार ३ सय ६५ मत ल्याएर ३ सय ९४ मतले अग्रता लिइरहेका छन् । २२ हजार मत गणना हुँदा प्रदेशसभा क्षेत्र नं. ख तर्फ ५ सय ३७ मत बदर भएको छ ।

प्रतिकृया

Add