चौलागाई र घिसिङको रोचक भिडन्त

 शनिबार, मंसिर १०, २०७९ | onlinenews

रामेछाप– रामेछापको प्रदेशसभा क्षेत्र नं. ‘ख’ मा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच रोचक भिडन्त भइरहेको छ । खाँडादेवि गाउँपालिकाको मत गणना हुँदा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार युवराज चौलागाईलाई करिब १ हजार ८ सय मतान्तरले पछि पारेका एमालेका उम्मेदवार मिलनकुमार घिसिङ अहिले गठबन्धनका उम्मेदवार भन्दा ५ मतले अघि रहेका छन् । दोरम्बा गाउँपालिका र मन्थली नगरपालिकाको वडा नं. १, २ र ६ को मत गणना सम्पन्न हुँदा ५३ मतले अघि लागेका गठबन्धनका उम्मेदवार चौलागाईलाई एमाले उम्मेदवार घिसिङले पुनः ५ मतले पछिपारेको हो ।
रामेछाप प्रदेशसभा क्षेत्र नं. ‘ख’ मा खसेको ४७ हजार १ सय ३७ मत मध्य २८ हजार १ सय ९१ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार मिलनकुमार घिसिङले अग्रता कायमै राखेका छन् । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार युवराज चौलागाईले १२ हजार ६ सय ४५ मत पाउँदा घिसिङले १२ हजार ६ सय ५० मत ल्याएका छन् । २८ हजार मत गणना हुँदा प्रदेशसभा क्षेत्र नं. ख तर्फ ८ सय १ मत बदर भएको छ ।

प्रतिकृया

Add