मन्थली १० मा पुग्दा चौलागाईले लिए अग्रता

 शनिबार, मंसिर १०, २०७९ | onlinenews

रामेछाप– रामेछापको प्रदेशसभा क्षेत्र नं. ‘ख’ मा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । खाँडादेवि गाउँपालिकाको मत गणना हुँदा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार युवराज चौलागाईलाई करिब १ हजार ८ सय मतान्तरले पछि पारेका थिए । दोरम्बा गाउँपालिका र मन्थली नगरपालिकाको वडा नं. १, २ र ६ को मत गणना सम्पन्न हुँदा ५३ मतले अघि लागेका गठबन्धनका उम्मेदवार चौलागाईलाई मन्थली नगरपालिका वडा नं. ८ र ९ को मत गणना हुँदा पुन पछि परेको गठबन्धनका उम्मेदवार चौलागाई मन्थली नगरपालिका वडा नं. १० को मत गणना सकिदा चौलागाईले फेरि अग्रता लिएका छन् ।
रामेछाप प्रदेशसभा क्षेत्र नं. ‘ख’ मा खसेको ४७ हजार १ सय ३७ मत मध्य ३१ हजार १ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार मिलनकुमार घिसिङले १४ हजार १ सय १८ मत पाएका छन् भने लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार युवराज चौलागाईले १४ हजार २ सय ४० मत ल्याएका छन् । ३१ हजार मत गणना हुँदा प्रदेशसभा क्षेत्र नं. ख तर्फ ९ सय ६३ मत बदर भएको छ ।

प्रतिकृया

Add