रामेछाप प्रतिनिधिसभामा पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित

 आइतवार, मंसिर ११, २०७९ | onlinenews

रामेछाप– एकमात्र प्रतिनिधिसभा रहेको रामेछापमा नेपाली काँग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका छन् । १ लाख ८० हजार १ सय ६ मतदाता रहेको रामेछापमा ८८ हजार ६ सय ८० मत खसेको थियो । पूर्णबहादुर तामाङ ४७ हजार ९८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । तामाङको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले ३० हजार ७ सय २९ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेललाई १६ हजार ३ सय ६९ मतले पछिपार्दै तामाङ निर्वाचित भएका हुन् । प्रतिनिधिसभातर्फको मत गणना सम्पन्न हुँदा सदर मत ८३ हजार ८ सय ९९ रहेको छ भने ४ हजार ७ सय ८१ मत बदर भएको छ ।

प्रतिकृया

Add