रामेछाप प्रदेशसभा ‘ख’ मा चौलागाई निर्वाचित

 आइतवार, मंसिर ११, २०७९ | onlinenews

रामेछाप– रामेछाप– एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछाप जिल्लाको प्रदेशसभा क्षेत्र नं. ‘ख’ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज चौलागाई विजयी भएका छन् ।
प्रदेशसभा ‘ख’ मा ४६ हजार ८ सय ८४ मत खसेकोमा युवराज चौलागाई २२ हजार ९ सय ७८ मतसहित प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएका छन् । चौलागाईले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मिलनकुमार घिसिङलाई ४ हजार ७ सय ७३ को फराकिलो मतान्तरले पराजित गरेका हुन् । एमालेका उम्मेदवार घिसिङले १८ हजार २ सय ५ मत पाएका छन् ।

प्रतिकृया

Add