रामेछाप लोकतान्त्रिक वाम गठबन्धनको कब्जामा

 आइतवार, मंसिर ११, २०७९ | onlinenews

रामेछाप– एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछाप जिल्लामा वाम लोकतान्त्रिक गठबन्धनले कब्जा जमाएको छ । प्रतिनिधिसभातर्फ गठबन्धनका साझा उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) ४७ हजार ९८ मतसहित निर्वाचित भएका छन् । तामाङको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले ३० हजार ७ सय २९ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेललाई १६ हजार ३ सय ६९ मतको फराकिलो मतान्तरले पछिपार्दै तामाङ निर्वाचित भएका हुन् ।

त्यसैगरी रामेछापको प्रदेशसभा क्षेत्र नं. ‘क’ मा लोकतान्त्रिक वाम गठबन्धनकै उम्मेदवार तारानारायण श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ १७ हजार १ सय ४८ मत ल्याएर विजयी हुँदा एमालेका उम्मेदवार पौडेलले १५ हजार १ सय ५७ मत पाएका छन् ।

त्यस्तै रामेछाप प्रदेशसभा क्षेत्र नं. ‘ख’ मा पनि गठबन्धनकै उम्मेदवार युवराज चौलागाई विजयी भएका छन् । चौलागाई २२ हजार ९ सय ७८ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मिलनकुमार घिसिङले १८ हजार २ सय ५ मत पाएका छन् । एमालेका उम्मेदवार घिसिङलाई ४ हजार ७ सय ७३ को फराकिलो मतान्तरले पराजित गर्दै चौलागाई प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएका हुन् ।

प्रतिकृया

Add