सांसद चौलागाईले पहिलो महिनाको तलब स्थानापति माविलाई दिए

 मङ्लबार, मंसिर २०, २०७९ | onlinenews

रामेछाप– रामेछाप प्रदेशसभा क्षेत्र नं. ‘ख’ बाट निर्वाचित बागमती प्रदेश सांसद युवराज चौलागाईले आफ्नो पहिलो महिनाको तलबबाट स्थानापति मध्यमिक विद्यालय मन्थली नगरपालिका–९ बाङ्गेसल्ला पुरानागाउँलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् । विद्यार्थीलाई खाना खर्च स्वरुप चौलागाईले आफ्नो पहिलो महिनाको तलबबाट ५० हजार रुपैयाँ विद्यालयलाई सहयोग गरेका हुन् । पहिलो महिनाको तलब आउनु पहिले नै सांसद चौलागाईले विद्यालयलाई रकम दिइसकेका छन् ।
विद्यालयको वार्षिकोत्सव तथा अभिभावक भेलामा प्रमुख अतिथिका रुपमा सहभागि भएका सांसद चौलागाईले ५० हजार रुपैयाँ सहयोग गरेको प्रधानाध्यापक शम्भु मण्डलले जानकारी दिए । जिल्लाको शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राखेर काम गर्ने पनि सांसाद चौलागाईले बताएका छन् । विद्यालयले आगामी वार्षिक परीक्षा र एसईईलाई लक्षित गरि कक्षा ८ देखि कक्षा १० सम्मका विद्यार्थीलाई बिहान ७ बजेदेखि बेलुका ४ः३० बजेसम्म कक्षा सञ्चालन गर्दै आएको छ । बिहानको खाना समेत विद्यालयमै खुलाउँदै आएकाले विद्यार्थीलाई खाना खुवाउन सांसद चौलागाईले आर्थिक सहयोग गरेको प्रधानाध्यापक मण्डलले बताए ।
विद्यालय आर्थिक संकटमा रहेको बेलमा सांसद चौलागाईले गरेको सहयोगले ठूलो राहत मिलेको प्रधानाध्यापक मण्डलले बताए । यस अघिका सांसद र नेताहरुले कार्यक्रममा आएर भाषण गर्ने तर विद्यालयको लागि केही पनि नगरेको बताउँदै युवराज चौलागाई विद्यालयलाई प्रत्येक्ष सहयोग गर्ने पहिलो सांसद भएको पनि प्रधानाध्यापक मण्डलले बताए ।
कार्यक्रममा मन्थली नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव हेमन्तकुमार बुढाथोकी, मन्थली नगरपालिका वडा नं. ९ का अध्यक्ष गोकर्णराज आरण तथा छीमेकी विद्यालयहरुका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add