रामेछाप जिल्ला प्रशासनभित्रै निःशुल्क राहदानी फर्म भर्ने ब्यवस्था

 मङ्लबार, मंसिर २०, २०७९ | onlinenews

रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले सेवाग्रहीको सुविधानको लागि पहिलो पटक प्रशासन कार्यालयभित्रै राहदानी फर्म निःशुल्क भर्ने ब्यवस्था गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले राहदानी बनाउन आउने सेवाग्राहीको लागि छुट्टै कक्ष र कर्मचारीको ब्यवस्था गरि निःशुल्क फर्म भर्ने ब्यवस्था गरेको हो । बाहिर फर्म पर्दा बिचौलियाहरुले सेवाग्राहीसँग मनमौजी शुल्क लिएको पाइएकाले सेवाग्राहीको हितलाई ध्यानमा राखी प्रशासन कार्यालयभित्रै निःशुल्क फर्म भर्ने ब्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।
ब्यवसायिक अनुमति बिनानै पसल खोलेका अधिकांश बिचौलियाहरुले सेवाग्राहीसंग चर्को शुल्क लिएर फर्म भर्ने गरेको पाइएपछि प्रशासन कार्यालयभित्रै निःशुल्क फर्म भर्ने ब्यवस्था गरिएको सहायक प्रजिअ घिमिरेले बताए । जिल्ला प्रशासन कार्यालयले निःशुल्क फर्म भरिदिने ब्यवस्था गरेकोमा सेवाग्राही पनि खुसी छन् । बाहिर फर्म भर्दा चर्को शुल्क तिर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालयभित्रै निःशुल्क फर्म भर्न पाउँदा खुसी लागेको सेवाग्राहीहरु बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय रामेछापमा राहदानी बनाउने सेवाग्राही दैनिक करिब ७० जना आउने गरेका छन् । सेवाग्राहीको थप सहजताको लागि जिल्ला प्रशासन कार्यालयभित्रै निःशुल्क राहदानी फर्म भर्न तत्कालै थप कक्ष र कर्मचारीको ब्यवस्था गर्ने तयारी भइरहेको पनि सहयक प्रजिअ घिमिरेले जानकारी दिए । सेवाग्राहीको हितका लागि निःशुल्क राहदानी फर्म भर्ने सेवा दिनेमा रामेछाप नेपालकै पहिलो जिल्ला बनेको छ ।

प्रतिकृया

Add