हाजिरनै नगरि तलब खान्छन्, खाँडादेवीका कर्मचारी

 बुधबार, मंसिर २८, २०७९ | onlinenews

रामेछाप– खाँडादेवी गाउँपालिकाका केही कर्मचारीहरु साउनदेखि कार्यालयमा अनुपस्थित भएको पाइएको छ । कर्मचारीले तलब भुक्तानी लिन हाजिर प्रमाणित गर्नुपर्ने हुन्छ । तर हाजिर प्रमाणिकरण गर्ने प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछाने नै कार्तिकदेखि हालसम्म हाजिर नभएको पाइएको छ । कार्यालयमा राखिएको हाजिरी पुस्तिका अनुसार प्रमुख प्रशासकीय अधिकृत लामिछाने कार्तिक ३ गतेपछि हाजिर नभएको देखिएको हो । त्यस्तै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठ पनि साउन महिनादेखि नै हाजिर नभएको पाइएको छ । साउन महिनादेखि हाजिर नभएका कर्मचारीहरुले पनि असोज महिनासम्मको तलब भने बुझिसकेका छन् । स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी बसुन्धरा सुवेदीले पनि साउनपछि कार्यालयमा हाजिर नभई तलब बुझेको पाइएको छ ।
कर्मचारीले हाजिर नगरि तलब दिन नमिल्ने तर आपूm आउँनु पहिले नै तलब मुक्तिनी भइसकेकाले यसबारे आपूmलाई जानकारी नभएको खाँडादेवि गाउँपालिकाका लेखा अधिकृत विजय लुइटेलले बताए । कर्मचारीले हाजिर नगर्नु भनेको कार्यालयमा अनुपस्थित हुनु हो, उनले भने । असोज महिनासम्मको तलब भुक्तिनी भइसकेकाले हाजिर नगरेका कर्मचारीको असोजपछिको तलब प्रतिवेदन माग गरेरमात्र भुक्तानी दिने लेखा अधिकृत लुइटेलले बताए ।
लेखा अधिकृत लुइटेलका अनुसार कर्मचारीले बिहान १०ः१५ बजे अघिनै हाजिर गरिसक्नुपर्ने हुन्छ । आफू नियमित कार्यालयमा उपस्थित भएको तर हाजिर गर्न छुटेको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठ बताए । हाजिरी प्रमाणिकरण गर्न कार्यालयमा राखिएको हाजिरी पुस्तिकामा हाजिर गरेको हुुनुपर्छ । कार्यालयकै काममा कार्यालय बाहिर गएको र विदामा बसेको समेत हाजिरी पुस्तिकामा उल्लेख गर्नुपर्ने हुन्छ । तर स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्य शाखामै कार्यरत शिनियर अनमी बसुन्धरा सुवेदीले साउन महिनादेखि हाजिर नै गरेका छन् । हाजिर नै नगरि असोज महिनासम्मको तलब भत्ता भने भुक्तानी लिइसकेका छन् । तलब मुक्तानी लिइसकेको महिनाको हाजिर गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने प्रश्नमा स्वास्थ्य शाखा प्रमुख ओमप्रकास श्रेष्ठले तलब लिइसकेकाले हाजिर गर्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत नायरायण लामिछाने भने प्रशासन फाँटका कर्मचारीलाई दोष देखाउँदै पञ्छिन खोजेका छन् । आपूmहरु फिल्डमा गएको बेलमा प्रशासन फाँटको कर्मचारीले हाजिरीमा नजनाइदिएकाले समस्या आएको लामिछानेको भनाई छ । आपूmले कामलाई प्राथमिकतामा राखेको र हाजिरलाई गौण मानेको लामिछानेको भनाई छ । हाजिर नगरे पनि सरकारी कर्मचारीको तलब नरोकिने उनले बताए ।
कर्मचारीले हाजिर नै नगरि र हाजिर प्रमाणित नगरी तलब भत्ता बुझ्नु अनियमितता भएको भन्दै आवश्यक छानबिन गरि कारबाहीको दायरामा ल्याउने गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । छानविन गरेर कारबाहीको दायरामा ल्याउन र कर्मचारीलाई अनुशासीत बनाउन आपूmले प्रयास गर्ने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । कार्यालयमा हाजिर समेत नहुने कर्मचारीबाट नागरिकले सहज र पारदर्शी सेवाको आशा गर्नु बेकार हुने सामाजिक अगुवाहरु बताउँछन् । हाजिर नै नगरी कर्मचारीले तलब बुझ्नुले खाँडादेवि गाउँपालिकाका कर्मचारीको अनुशासन र प्रशासनिक सुशासनको धज्जी उडाएको मात्र छैन, कामचोर कार्मचारिको लागि प्रश्रय समेत मिलेको छ ।

प्रतिकृया

Add