प्रदेशस्तरीय भलिबलको उपाधि चितवनलाई

 आइतवार, माघ ८, २०७९ | onlinenews

रामेछाप– बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चितवनले जितेको छ । रामेछापको मन्थलीमा आयोजित प्रतियोगितामा रामेछाप हराउँदै चितवनले उपाधि उचालेको हो । चितावनले रामेछापलाई २५–१८, २५–१८ र २५–२३ को सोझो सेटमा पराजित गरेको हो । नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगितामा बागमती प्रदेशका ११ जिल्लाले सहभागिता जनाएका थिए । सेमिफाइनल खेलमा धादिङलाई पराजित गर्दा रामेछाप र सिन्धुपाल्चोकलाई पराजित गर्दै चितवन फाइनलमा प्रवेश गरेका थिए । यस्तै धादिङलाई पराजित गर्दै सिन्धुपाल्चोकले तृतीय स्थान हाँसिल गरेको छ ।
बिजेता चितावनले २ लाख नगद, उपबिजेता बनेको रामेछापले १ लाख, तृतीय हुने सिन्धुपाल्चोकले ५० हजार र सान्त्वना हुने धादिङले नगद ३० हजर सहित शिल मेडल र प्रमाण–पत्र पाएका छन् । चितावनका नविन महतो पुतली उत्कृष्ट खेलाडी घोषित भए भने रामेछापका भरत घिमिरे उत्कृष्ट स्पाइकर घोषित भएका छन् ।

प्रतिकृया

Add