रामेछाप उद्योग बाणिज्य संघको अधिवेशन फागुन २७ मा

 आइतवार, माघ ८, २०७९ | onlinenews

रामेछाप– रामेछाप उद्योग बाणिज्य संघको ८ औँ जिल्ला अधिवेशन फागुन २७ गते हुने भएको छ । रामेछाप उद्योग बाणिज्य संघको ३५ औँ बैठकले यही माघ २१ गते १४ औँ साधारण सभा र फागुन २७ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनको मिति तोकिएसँगै ब्यवसायिमा निर्वाचन लक्षित चहलपहल सुरु भएको छ । रामेछाप उद्योग वाणिज्य संघ अन्तर्गत मन्थली नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् । १ हजार ४ सय ८ सदस्य रहेको रामेछाप उद्योग बाणिज्य संघमा १ हजार ३ सय ८७ मतदाता हरेकोे संघका कार्यकारी प्रमुख नविन केसिले जानकारी दिए । अधिवेसनको प्रमुख अतिथिका रुपमा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आउँने तय भएको संघका सचिव सुरेश उदासले बताए । आगामी कार्यकालको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष, उपाध्यक्ष र महासचिव लगायतको नाम चर्चामा छ ।

प्रतिकृया

Add