अवैध चुरोट सहित दुई पक्राउ

 आइतवार, माघ ८, २०७९ | onlinenews

रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापले १ सय ४४ पेटी अवैध चुरोट सहित दुई जनालाई पक्राउ गरेको छ । मन्थली नगरपालिका–६ कुनौरीमा चेक जाँचको क्रममा मन्थलीतर्फ आउदै गरेका बा.प्र.०३–००५ प ३७६६ र मधेश प्र.०२–०१३ प २५३१ नम्बरको मोटर साइकलमा राजस्व छली गरी ल्याएको एच–१० नामक चुरोट १ सय ४४ पेटी र खुल्ला ३४ पाकेटसहित दुई जनालाई प्रक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौडा उप–महानगरपालिका–१५ का राजकुमार लोप्चन र वडा नम्बर ४ का कृष्णकुमार बर्णवाल रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको चुरोटसहित उनीहरुलाई राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिकृया

Add