जर्मनको घर बेचेर रामेछापमा दन्त अस्पताल

 शुक्रबार, फाल्गुन ५, २०७९ | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप– जर्मनी नागरिक डाक्टर जोन एडर्सनले जर्मनकोे आफ्नो एउटा घर बेचेर रामेछाप नगरपालिका–३ साघुटारमा दन्त क्लिनिक बनाइदिएका छन् । नेपालमा दाँतको सुरक्षा चुनौति बढिरहेको बेला डाक्टर जोनले दाँतको उपचार साथै बच्चा उमेरदेखि नै दाँत सुरक्षा सम्बन्धि जनचेतना फैलाउन हिमगंगा माध्यमिक विद्यालयमा सुविधा सम्पन्न दन्त क्लिनिक निर्माण गरेका हुन् ।

जर्मन रोटरी क्लब आफ मिल्टेनवर्ग जर्मनीमा भोलेन्टियर्स डाक्टरको रुपमा आवद्ध डाक्टर जोन १० वर्षदेखि नेपालमा सामाजिक सेवामा समर्पित रहँदै आएका छन् । साघुटारका स्थानीयबासी तथा तामाकोशी अस्पतालका निर्देशक डाक्टर सुमन कर्माचार्य मार्फत रोटरी क्लव काभ्रेको समन्वयमा डाक्टर जोनले साघुटारमा दन्त क्लिनिक निर्माण गरेका हुन् । १० वर्ष पहिला साघुटार पुग्दा डा.जोनले सार्वजनिक शौचालय निर्माण गर्न इच्छा गरेको तर पानीको अभावमा शौचालय निर्माण सम्भव नभएपछि डा. सुमन कर्माचार्यको प्रस्तावमा दन्त क्लिनिक निर्माण गरिएको उनले बताए ।


डाक्टर जोन भन्छन् मलाई नेपालको माया लाग्छ, थोरै भएपनि नेपालीको सेवा गर्न पाएकोमा खुसी छु । ८४ वर्षीय डाक्टर एडर्सन दन्त विशेषज्ञ डाक्टर साथै इन्जिनियर हुन् । मानिसको दाँत कसरी स्वस्थ बनाउने भन्नेमा आपूm केन्द्रित रहेको उनले बताए । बालकालिकालाई दाँतको हेरविचार गर्न सिकाउने उद्देश्यले विद्यालयसँगको साझेदारीमा उनले हिमगंगा उच्च माध्यमिक विद्यालय परिसरमा हिमगंगा डेन्टल क्लिनिक निर्माण गरेका हुन् । बच्चा उमेरदेखि नै दाँतको हेरविचार गर्न सके दाँतलाई स्वास्थ राख्न सकिने डा. जोनको भनाई छ ।

विद्यालयभित्र सञ्चालन गरिएको यो क्लिनिक नेपालकै पहिलो हो । ‘मलाई सम्पत्ति जोगाउँनु छैन, म जति कमाउँछु सामाजिक सेवामा लगाउँछु, सामाजिक सेवाको लागि मेरो पहिलो रोजाई नेपाल हो’ डा. जोनले भने । जिल्ला सदरमुकाम मन्थलीबाट करिब ३४ किलोमिटरको दुरिमा रहेको साघुटार बजारमा जोनले विशेषज्ञ डाक्टर सहितको सुविधा सम्ंपन्न दन्त क्लिनिक बनाई दिएपछि वडा अन्तर्गतका विद्यालयहरु र समुदायलाई फाइदा पुगेको स्थानीयको भनाई छ । गाउँमा सुविधा सम्पन्न दन्त क्लिनिक बनादिएकोमा विद्यालय र स्थानीयले डाक्टर जोनलाई सम्मान गर्नुका साथै पूmलमाया र अबिरयात्रसहित साघुटार बजार परिक्रमा गराएका छन् ।

८४ वर्षीय जोनले आफ्नो स्वास्थ्य अवस्था दिनदिनै कमजोर हुँदै गएकाले आपूm जर्मन फर्किएपछि पुनः नेपाल फर्किन सक्दिन होला भन्ने चिन्ता समेत ब्यक्त गरे । साघुटारबासीले दिएको सम्मान आफ्नो जिवन कै ठूलो सम्मान भएको भन्दै क्लिनिकलाई निरन्तरता दिन स्थानीय र रामेछाप नगरपालिकालाई समेत अनुरोध गरे । डाक्टर जोनले रामेछाप सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, सिन्धुलीलगायत जिल्लाको गाउँगाउँमा पुगेर दन्त सेवा दिदै आएका छन् ।

प्रतिकृया

Add