७१ वर्षिय बृद्धाको जलेर मृत्यु

 आइतवार, फाल्गुन ७, २०७९ | onlinenews

रामेछाप– गोकुलगंगा गाउँपालिका–४ बेतालीमा ७१ वर्षिय बृद्धाको जलेर मृत्यु भएको अवस्थामा लास फेला परेको छ । घरमा एक्लै बस्दै आएकी पदमकुमारी खड्काको आइतबार बिहान आधा शरीर जलेको अवस्थामा घरभित्रै लास फेला परेको गोकुलगंगा गाउँपालिका–४ का अध्यक्ष रामचन्द्र बस्नेतले बताए ।
परिवारसँग अलग भई अर्काको घरमा एक्लै बस्दै आएकी खड्कालाई शनिबार साँझसम्म सामान्य अवस्थामा देखेको तर आइतबार बिहान अबेरसम्म ढोका नखुलेपछि घरभित्र गई हेर्दा चुलो नजिकै कम्मर भन्दा मुनिको भाग जलेर गुन्द्रिले लास छोपेको अवस्थामा भेटिएको स्थानीयको भनाई छ ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नेतृत्वको टोली घटनास्थल पुगेको थियो । प्रहरीले स्थानीयसँग सोधपुछ साथै घटनाको मुचुल्का गराई लास पोष्टमार्टमको लागि मन्थली ल्याउने तयारी भइरहेको छ । घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्ष राजुप्रसाद ढकालले बताए ।

प्रतिकृया

Add