लालपूर्जा नहुँदा पुनःनिर्माण हुन सकेन रामेछापको तामाकोसी किनारका बस्ती

 सोमवार, चैत्र २१, २०७३ | onlinenews

चैत्र २१, रामेछाप– रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिका अन्तर्गत तामाकोसी किरानमा बसोबास गर्दै आएका माझी समुदायसँग जग्गा धनी लालपूर्जा नहुँदा भूमिहीन बस्तीमा अझैसम्म पुनःनिर्माणको काम सुरु हुन सकेको छैन ।
अनुदान सम्झौताको लागि जग्गा धनी लालपूर्जा चाहिने भएकाले भूमिहिन भूकम्प प्रभावितहरु अझै पनि पालमुनी गुजारा चलाउँदै आएका छन् ।
सार्वजनिक जग्गामा बस्दै आएका भूमिहीन भूकम्प प्रभावित आफ्ना नाममा जग्गाको लालपूर्जा नभएको कारण भूकम्प गएको २ वर्षसम्म पनि पालमै बस्न बाध्य भएका हुन् ।
आपूmहरुले ४÷५ पुस्तादेखि भोगचलन गर्दै आएको र सोही ठाउँमा सरकारले घर बनाएर बस्न दिनुपर्ने रामेछापको मन्थली नगरपालिका अन्तर्गत तामाकोसी किनारमा बसोबास गर्दै आएका माझी समुदायको माग छ ।
आपूmहरुसँग जग्गाको लालपूर्जा नभए पनि आदिवासी भएकाले अहिले भोगचलन गर्दै आएकै ठाउँमा घर बनाएर बस्ने ब्यवस्था सरकारले मिलाउनु पर्ने उनीहरुको भनाई छ ।
सरकारले भूमिहीन भूकम्प प्रभावितहरुलाई पनि अनुदान रकम दिने भने पनि अहिलेसम्म प्रक्रिया अघि बढेको छैन । जिल्लामा पछिल्लो समय सुरु भएको चुनावि माहोलसँगै पुनःनिर्माणको काम समेत प्रभावित भएको छ ।
दुई बर्खा र दुई चिसो पालमुनी नै काटेका भूमीहिन भूकम्प प्रभावितहरुले आउँदो बर्खा पनि पालमुनी नै विताउनु पर्ने निश्चितजस्तै भएको छ । रामेछापमा भूमिहिन समुदायको संख्या एकीन नभए पनि जिल्लाको मन्थली नगरपालिका अन्तर्गत भैटौली, गाइखुरा, ढोडेखोला र रामेछाप नगरपालिकाको कोलञ्जोर, बसेरी र सुनकासी किनारमा गरि करिब १ सय ५० परिवार भूमिहीनहरु रहेका छन् ।

प्रतिकृया

Add