जिपी फाउण्डेशनको कार्यसमिति विस्तार

 आइतवार, फाल्गुन ७, २०७९ | onlinenews

रामेछाप- गिरिजाप्रसाद कोइराला फाण्डेशन रामेछापले कार्यसमिति विस्तार गरेको छ । आइतबार बसेको फाण्डेशनको बैठकले समिति विस्तार गरि ७५ सदस्यीय पु¥याएको हो । कार्यसमिति ७५ सदस्यीय हुनेगरी पदाधिकारी, कार्य सम्पादन समिति र सदस्य समेत मनोनित गरिएको फाउण्डेशन रामेछापका अध्यक्ष दिपक खड्काले बताए । समितिको कार्यकारी उपाध्यक्षमा नेत्रबहादुर केसी., उपाध्यक्षमा टहलबहादुर कार्की, महिला उपाध्यक्ष खमला थापामगर, सचिव गोपाल खड्का, कुमारी हायु, कोषाध्यक्ष जनक खत्री, सह–सचिव जनक राय, नारायाण कार्की, महेश भण्डारी, शुवास दाहाल र सह–कोषाध्यक्षमा रामचन्द्र वि.क. मनोनित भएका छन् ।

त्यसैगरी कार्यसम्पादन समिति सदस्यहरुमा कल्पना खड्का (कार्की), डम्बर कुमारी भण्डारी (नानु), बिरेन्द्र श्रेष्ठ, खेमबहादुर खत्री, प्रभुनारायण खड्का, रामचन्द्र चौलागाईँ, नवराज गौतम र युवराज श्रेष्ठलाई मनोनित गरिएको अध्यक्ष खड्काले बताए । कार्यसमिति सदस्यहरुमा दिनेश कार्की, निमा शेर्पा, बाबुराम कटुवाल, सुशिला आचार्यल, युवराज सुवेदीलगायत ५२ जना मनोनित भएका छन् । सदस्य युवराज सुवेदीलाई ब्यवस्थापको समेत जिम्मेवारी दिइएको छ ।

जिल्लाकार्य समिति विस्तार गर्दै अध्यक्ष खड्काले गिरिजाप्रसाद कोइरालाकै कारण देशमा प्रजातन्त्र संस्थागत भएको बताए । फाउण्डेशन सामाजिक सेवामार्फत स्वर्गीय कोइरालाले देखेका शान्ति र विकासको सपना पूरागर्न लागिपर्ने बताए । प्रजातन्त्र स्थापना र संस्थागत गर्न स्व. गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिका र प्रजातन्त्र स्थापनार्थ जीवन आहुति दिने शहीदहरुको सम्झानामा बिपी चोकमा पुगेर मौनधारण समेत गरेका थिए ।

प्रतिकृया

Add