प्रथम मन्थली नगरकप सुरु

 आइतवार, फाल्गुन ७, २०७९ | onlinenews

रामेछाप–प्रथम ‘मन्थली नगरकप रनिङ शिल्ड’ पुरुष भलिबल प्रतियोगिता आइतबारबाट मन्थलीमा सुरु भएको छ । विगतमा ‘मेयरकप’ को नाममा आयोजना गरिँदै आएको प्रतियोगिताको नाम परिवर्तन गरि ‘मन्थली नगरपक’ बनाइएको हो । प्रतियोगिताको उद्घाटन गर्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले नगरपालिकाको १४ वटै वडाका नागरिकको भावनालाई समेटेर मेयरकपको नाम परिवर्तन गरिएको बताए ।
‘मेयरकप’ भन्दा ब्यक्तिको नाममा आयोजना गरेजस्तो हुने भएकाले नाम परिवर्तन गरिएको श्रेष्ठले भनाई छ । फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिका भित्रका १४ टिम खेलाडीहरुको सहभागिता रहेको मन्थली नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले बताए ।
माझीका अनुसार आइतबार भएको पहिलो खेलमा वडा नं १ मन्थलीले वडा नं २ टेकानपुरलाई हराएको छ भने दोस्रो खेलमा वडा नं ११ गेलुले वडा नं १० चनखुलाई हराएको छ । आइतबार नै भएको तेस्रो खेलमा वडा नं ८ चिसापानीले वडा नं ६ भलुवाजोरलाई हराएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुनेले नगद ७५ हजार, ट्रफि र प्रमाणपत्र पाउने छ । त्यसैगरी तृतीय पुरस्कार नगद ५० हजारसहित प्रमाणपत्र रहेको छ ।

प्रतिकृया

Add