खिम्तीका तिर्थ श्रेष्ठ सुनकोसीमा बेपत्ता

 सोमवार, फाल्गुन ८, २०७९ | onlinenews

रामेछाप– रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीका तिर्थ श्रेष्ठ सुनकोसी नदीमा डुबेर ३ दिनदेखि बेपत्ता भएका छन् । फागुन ५ गते सिन्धुली जिल्लाको झगरेबेसीस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर श्रेष्ठ बेपत्ता भएको इलाका प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
रोजगारीको सिलसिलमा काठमार्डौ बस्दै आएका उनी सोलुखुम्बु जाने क्रममा सुनकोशी नदीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका थिए । प्रहरीकाअनुसार प्रदेश ३–०२–००५ प ६४७४ नम्बरको मोटरसाइकलमा सोलुखुम्बु जिल्ला नेचासल्यान गाउँपालिका–२ का सुमन बस्नेतलाई लिएर काठमाडौँबाट सोलुखुम्बु हिडेका थिए । उनी घटना भएकै ठाउँमा पानीमा डुबेको हुनसक्ने भन्दै खोजीको लागि दक्ष गोताखोर (पौडी वाज) आवश्यक रहेको प्रहरीको भनाइ छ । श्रेष्ठको परिवारले भने छिटो खोजि गरिदिन प्रहरीलाई आग्रह गरेका छ ।

प्रतिकृया

Add