शैलुङ्ग रामेछाप र दोलखाको जनजीविकासँज जोडिएको छ : चौलागाई

 बिहिबार, फाल्गुन १८, २०७९ | onlinenews

रामेछाप– बागमती प्रदेश सांसद युवराज चौलागाईले शैलुङ्ग रामेछाप र दोलखाका जनताको जीविकासँग जोडिएको बताएका छन् । शैलुङ्ग रामेछाप र दोलखाको समृद्धिसँग जोडिएकाले दुबै जिल्लाका भू–भागहरु समेटेर ‘शैलुङ क्षेत्र विकास समिति’ बनाई दीर्घकालीन पर्यटकीय र साँस्कृतिक विकास गनुपर्ने बताए । शैलुङ्ग क्षेत्रको विकासका लागि तत्काल टेलिफोन टावर राखी सहज सञ्चार र इन्टरनेट सेवाको पहुँच विस्ता गर्नुपर्ने सांसद चौलागाईको भनाई छ । ‘शैलुङ्ग रिङरोडको अवधारणा विकास गरि कार्यान्वयन गर्नुका साथै त्यस क्षेत्रका कच्ची सडक यथाशक्य छिटो कालोपत्रे गर्नु आवश्यक छ’ चौलागाईले भने ।
साँस्कृतिक तथा पर्यटकीय विकासको प्रचुर सम्भावना रहेको शैलुङ्ग क्षेत्रबाट नेपालका करिब ९५ प्रतिशत हिमशृङ्खलाहरु प्रत्यक्ष अवलोकन गर्न सकिने चौलगाईको भनाई । यस क्षेत्रको विकासबाट रामेछाप र दोलखा जिल्लाका अधिकांश जनताको उन्नतीमा आमूल परिवर्तन ल्याउन सकिने बताउँदै शैलुङ्ग क्षेत्रको विकासमा हातेमालो गर्न पनि सबैमा आग्रह समेत गरे । राजधानी काठमाडौँबाट करिब १ सय ३० किलोमिटर पूर्वमा पर्ने शैलुङ्ग ३ हजार १ सय ४६ मिटर उचाइमा रहेको छ ।

प्रतिकृया

Add