पार्टीभन्दा माथि उठेर विकास गर्छु : तामाङ

 बिहिबार, फाल्गुन १८, २०७९ | onlinenews

फागुन १८ रामेछाप । प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले जिल्लाको विकास गर्न पार्टीभन्दा माथि उठेर काम गर्ने बताएका छन् । जिल्लाका पत्रकारहरु जुनसुकै विचारसँग आवद्ध भएपनि निसर्त सहयोग गर्ने सांसद तामाङको भनाई छ । ‘नेपाल आदिवासी जनजाति पत्रकार महासंघको आफ्नै भवन निर्माणको लागि जग्गा उपलब्ध गराउन आफ्नो तर्फबाट सहयोग गर्ने बताउँदै क्याविनेटमा लैजानुपर्ने भए डकुमेन्ट बनाएर दिनुस् म लैजाने छु,’ तामाङले भने । जग्गा प्राप्त भएमा भवन निर्माणको लागि सहयोग गर्ने पनि सांसद तामाङले बताए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा रामेछापको ११ औँ साधारण सभा तथा जिल्ला भेलालाई संवोधन गर्दै सांसद तामाङले यस्तो बताएका हुन् । जनजाति मात्र नभएर सबै पत्रकारको बृत्तिविकासका लागि स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकारबाट सहयोग गर्ने सांसद तामाङले प्रतिवद्धता ब्यक्त गरे । सांसद तामाङले जनजाति पत्रकारलाई प्रोत्साहन गर्न पुरस्कारको लागि ५१ हजार रुपैयाँको अक्षय कोष स्थापना गरिदिने समेत घोषणा गरेका छन् । आपूm नेपाली काँग्रेसबाट निर्वाचित भएपनि जिल्लाको विकासका लागि सबै पक्षसँग समन्वय गरेर अघि बढ्ने तामाङको भनाइ छ । उच्च जातिमा जनजातिलाई नेतृत्वमा पुग्न नदिने प्रवृत्ति हावी रहेको भन्दै आपूm जवर्जस्ती नेपाली काँग्रेस रामेछापको सभापति बनेको बताए ।
राज्य संरचना परिवर्तन भएर मात्रै विकास नहुने बागमती प्रदेशसभा सदस्य आनन्द श्रेष्ठले बताए । विकासको लागि परम्परागत संस्कार, संस्कृति र राज्यसत्तको आचरणमा परिवर्तन आउनुपर्ने सांसद श्रेष्ठको भनाइ छ । राज्यको गलत नीतिका कारण जनजाति, महिला र उत्पीडित समुदाय राज्यको मूलप्रवाहीकरणमा आउन नसकेको श्रेष्ठले बताए । राज्यसत्तामा सदियौदेखि चलिआएको प्रवृत्ति, मनोभावना र मनोबृत्तिलाई परिवर्तन गरेरमात्र विकास सम्भव हुने भएकाले त्यसतर्फ लाग्नु आवश्यक रहेको उनको भनाई छ ।
त्यस्तै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले पत्रकारहरुले राजनीतिक दृष्टिकोणबाट नभई सामाजिक र सामूहिक भावनाले अघि बढ्नुपर्ने सुझाव दिए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघले भवन निर्माणको लागि जग्गा माग गरेको भन्दै विधिले मिलेमा जग्गा उपलब्ध गराउने पनि नगरप्रमुख श्रेष्ठले बताए ।

प्रतिकृया

Add