हायसको टक्करबाट बालिकाको मृत्यु

 बिहिबार, फाल्गुन १८, २०७९ | onlinenews

फागुन १८ सिन्धुली । सिन्धुलीमा हायसको ठक्करबाट ९ वर्षिय बालिकाको मृत्यु भएको छ । सडक क्रस गर्ने क्रममा हायसले ठक्कर दिँदा तिनपाटन गाउँपालिका–११ की ममता पाख्रिनको मृत्यु भएको हो । हायसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाका उपचारको क्रममा सिन्धुली अस्पतालमा निधन भएको हो । थप उपचारको लागि हेलिकप्टर मार्फत काठमान्डौँ लैजाने तयारी भइरहँदा अस्पतालले बालिकाको मृत्यु भएको घोषणा गरेको थियो । बालिकालाई काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा ४ ख ६२७३ नम्बरको हाइयसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रबक्ता डिएसपी चिरन्जीवी दाहालले जानकारी दिए ।

प्रतिकृया

Add