काँग्रेस, माओवादीलाई स्थिायित्व स्वीकार्य भएन : रिमाल

 बिहिबार, फाल्गुन १८, २०७९ | onlinenews

१८ फागुन रामेछाप । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राजनीतिक स्थायित्व र परिवर्तन नेपाली कांग्रेस र माओवादी केन्द्रलाई अस्वीकार्य भएको बताए । नेकपा एमाले रामेछापले खाँडादेवीमा आयोजना गरेको ‘मिसन ग्रास रुट’ कार्यक्रमलाई सम्बोधन गर्दै रिमालले कांग्रेस र माओवादी दुबै दल राजनीतिक अस्थिरताको पक्षमा उभिएको आरोप लगाए । स्थिरता र परिवर्तनको लागि सँगै काम गरौँ भन्दा काँग्रेस र माओवादीलाई रुचि नभएको उनले बताए ।
भारतीय विदेश सचिव १७ घण्टा नेपाल बस्दा देखिने गरी १७ वटा बैठक गर्नुका साथै गोप्यरुपमा प्रचण्ड र शेरबहादुर देउवा लगायतका पूर्वप्रधानमन्त्रीसँग लामो मिटिङ गरेको पनि उनले खुलासा गरे । प्रचण्डले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई बोलाएर तपाईँहरू हट्नुहुन्छ कि म निकालौँ भनेपछि एमालेले सरकार छाडेको रिमालको भनाइ छ । एमालेले अभयदान दिएको ३२ सिटे प्रचण्डको कुरा सह्यै नभएकोले एमाले सरकारबाट फिर्ता हुनका साथै प्रधानमन्त्रीलाई दिएको समर्थन समेत फिर्ता लिएको बताए ।

प्रचण्ड, माधव नेपाल र शेरबहादुर देउवा प्रधानमन्त्रीको पद बाँडफाँड गरेर खान लागिपरेको बताए । ‘प्रचण्डको प्रधानमन्त्रीमा मलमास लाग्छ, अबको अल्प समयमै उनको प्रधानमन्त्री पद सकिन्छ, यस्तै मलमास र अधिकमास लाग्दा माधव नेपालको तिथि नै गायब हुन्छ’, रिमालले भने । एमाले आफ्नै कर्ममा विश्वास गर्ने पार्टी भएकोले सत्ता र शक्ति बाँडफाँडमा एमालेको कुनै डाह र ईष्या नभएको बताए । शेरबहादुर देउवा चलाख पात्र भएको भन्दै रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएर देउवा बुढानीलकण्ठमा तेल लगाएर घाम तापेर नबस्ने रिमालको भनाई छ ।

प्रतिकृया

Add