रामेछाप उद्योग बाणिज्य संघको अध्यक्ष पदमा ३ उम्मेदवारी

 शुक्रबार, फाल्गुन १९, २०७९ | onlinenews

रामेछाप- रामेछाप उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता भएको छ । पदाधिकरी सहित १४ पदमा हुने निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा माओवादी निकटका ब्यवसायिहरुले संयुक्त उम्मेदवारी दिएका छन् भने नेकपा एमालेको तर्फबाट एकल उम्मेदवारी दिएको छ । त्यसैगरी निवर्तमान अध्यक्ष केशवप्रसाद घिमिरेले अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।


संयुक्त ब्यवसायि एवं समावेसी समूह नाम दिइएको काँग्रेस, माओवादी निकट ब्यवसायिहरुको तर्फबाट अध्यक्ष पदमा नविन थापामगर, बरिष्ठ उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, बाणिज्य उपाध्यक्ष रामसुदिस शाह, उद्योग उपाध्यक्ष आकाश रिजाल, महासचिव कुमार श्रेष्ठ, सचिव यज्ञप्रसाद सुवेदी, कोषाध्यक्ष झनकबहादुर बुढाथोकी, आजिवन सदस्य प्रमोदकुमार श्रेष्ठ र महिला सदस्यमा जया सुवेदीले उम्मेदवारी दिएकी छन् । त्यसैगरी खुल्ला सदस्यमा राजु श्रेष्ठ, बासुदेव फुयाल, श्यामकुमार श्रेष्ठ र हरेराम क्षेत्रीको उम्मेदवारी परेको छ । नेकपा एमाले निकट ब्यवसायिको तर्फबाट अध्यक्ष पदमा नवराज ढुङ्गेल, बरिष्ठ उपाध्यक्ष सुमिका श्रेष्ठ, बाणिज्य उपाध्यक्ष रामहरी उप्रेती, उद्योग उपाध्यक्ष चन्द्रबहादुर मानन्धर, महासचिव सुरेश उदास, सचिव राजु थापा, कोषाध्यक्ष सरोजकुमार थापा, आजिवन सदस्य किश्वर पौडेल र महिला सदस्यमा लक्ष्मी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी खुल्ला सदस्यमा कृष्ण गहतराज, देवचन्द्र कठेत, रविन्द्र श्रेष्ठ, रुद्रकुमार श्रेष्ठ र सन्तोष दाश कथवनियाले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दर्तापछि समावेसी समूहको तर्फबाट पत्रकार सम्मेलन गरी ब्यवसायि योजनाहरु सार्वजनिक गरेको छ । संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार नविन थापामगरले उद्योग बाणिज्य संघ अध्यक्षमुखी संस्था भएकाले व्यवसायिको हितमा काम गर्न आपूmले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । रामेछाप उद्योण बाणिज्य संघमा दुई कार्यकाल सदस्य र ५ कार्यकाल उपाध्यक्षको पदमा रहेर काम गरेपनि कार्यकारी पदमा नहुँदा ब्यवसायिको हितमा काम गर्न नसकिएको अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । आपूm निर्वाचित भएका मन्थली बजारलाई ब्यवस्थित बनाउने, ब्यवसायिलाई ट्याक्स भ्याटसम्बन्धि तालिम दिने, बैंकको चर्को ब्याज घटाउन पहल गर्ने बताए । त्यस्तै ब्यवसायको इन्स्योरेन्स लगायत ब्यवसाय प्रवद्र्धनका काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । ब्यवसायिको हितमा काम गर्नका लागि आपूmले उम्मेदवारी दिएको उनले बताए ।

प्रतिकृया

Add