रामेछाप उद्योग वाणिज्य संघ निर्वाचन, एमालेले तर्फबाट उम्मेदवारहरुको नाम सार्वजनिक

 शनिबार, फाल्गुन २०, २०७९ | onlinenews

नवराज विश्वकर्मा


२० फागुन रामेछाप । रामेछाप उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी एमाले निकट व्यावसायी नवराज ढुङ्गेलको नेतृत्वमा उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो ।
नेकपा एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य शान्तिप्रसाद पौडेलले एमालेको तर्फबाट परिपक्व अनुभवी र जुझारु युवाको टिमलाई उम्मेवार बनाएको भन्दै उद्योग वाणिज्य क्षेत्रमा आशा लाग्दो अवस्था सिर्जना भएको बताए । बागमती प्रदेशसभास सदस्य तथा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान गरेर आर्थिक समृद्धिका लागि काम गर्न सक्ने टिम एमालेले तयार गरेको दावी गरे ।
सक्षम र परिपक्कव युवा नवराज ढुंगेल नेतृत्वको टिमले मात्रै उद्योगी र व्यवसायीको समस्या साधान र आर्थिक समृद्धिका लागि काम गर्न सक्ने भन्दै ढुङ्गेल नेतृत्वको टिमलाई विजयी गराउन उनले अपिल समेत गरे । मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले निर्वाचित भएर आउने टिमसँग समन्वय गरेर काम गर्न आपूm तयार रहेको बताए ।
यस्तै एमाले बागतमी प्रदेश कमिटी सदस्य जगन्नाथ दाहालले उद्योग व्यवसायको क्षेत्रमा खारिएर आएका परिपक्व युवाहरुको टिम भएकाले ढुङ्गेलल नेतृत्वको टिम रामेछाप उद्योग बाणिज्य संघको लागि योग्य भएको बताए । कार्यक्रम मार्फत अध्यक्ष पदका उम्मेदवार नवराज ढुङ्गेगेलले आफ्नो टिमलाई विजयी गराइदिन सम्पूर्ण व्यवसायीहरुमा आपिल गरेका छन् । आगामी दिनमा सबैसँग मिलेर उद्योग व्यवसायको विकास र समृद्धिका लागि काम गर्न चाहेको उनको भनाइ छ ।
एमाले समर्थक टिमबाट अध्यक्षमा नवराज ढुङ्गेल, वरिष्ठ उपाध्यक्षमा सुमिका श्रेष्ठ, वाणिज्य उपाध्यक्ष रामहरि उप्रेती, उद्योग उपाध्यक्ष चन्द्र मानन्धर, महासचिव सुरेश उदास, सचिवमा राजु थापा, कोषाध्यक्ष सरोज तामाङले उम्मेदवारी दिएका छन् । यस्तै आजीवन सदस्यमा किशोर पौडेल, महिला सदस्यमा लक्ष्मी श्रेष्ठ, खुला सदस्यमा सन्तोष कठवनीया, रवीन्द्र श्रेष्ठ, कृष्ण गहतराज, रुद्रकुमार श्रेष्ठ र देवचन्द्र कठायतको उम्ेमेदवारी दिएका छन् । यही फागुन २७ गते हुने निर्वाचनका लािग नेकपा एमाले समर्थित व्यावसायीहरुको तर्फबाट एकल चुनावी मैदानमा छन् भने काँग्रेस माओवादी निकका व्यावसायीहरु संयुक्त प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिकृया

Add