संयुक्त व्यवसायी समूहको २५ बुँदे प्रतिबद्धता

 बुधबार, फाल्गुन २४, २०७९ | onlinenews

रामेछाप- रामेछाप उद्योग बाणिज्य संघको यही फागुन २७ गते हुने चुनावी मैदानमा रहेका नेपाली काँग्रेस र माओवादी निकटका संयुक्त उम्मेदवारहरुको टिमले २५ बुँदे प्रतिवद्धता–पत्र जारी गरेको छ । संयुक्त व्यवसायी एवं समावेसी समूह नाम दिएको काँग्रेस, माओवादी समर्थित व्यवसायीहरुले उद्योग बाणिज्य संघका कुनै पार्टीको भातृ संस्थाजस्तो बन्न नदिन संयुक्त व्यवसायी समूहलाई मतदान गर्न अपिल गर्दै २५ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको हो ।
व्यवसायीहरुले बैंकमा तिर्दै आएको चर्काे व्याजदरलाई घटाउन बैंक तथा वित्तिय संस्थासँग समन्वय गरी व्यवसायी मैत्री बनाउन पहल गर्ने, व्यवसायीले भुक्तानी गर्दै आएको चर्को भाडादरलाई कम गर्न घरधनीसँग समन्वय गरी समय सापेक्ष बनाउन पहल गर्ने, प्राकृतिक प्रकोप र आर्थिक मन्दिले विक्षिप्त बनेका व्यवसायीहरुलाई मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने प्रतिवद्धता जनाइएको छ ।


त्यस्तै व्यवसायीहरु स्वयंमले ट्याक्सरभ्याटको काम गर्न सक्नेगरी सीप विकास तालिम प्रदान गर्ने, हरेक वर्ष ब्यवसायीहरुको कर विवरण निःशुल्क प्रविष्टिका गर्न संघको कार्यालयमा मासिक कारोबार दाखिला काउन्टर स्थापना गर्ने, जिल्लामा व्यवसायीक रुपमा खेती हुँदै आएको किबि, जुनार तथा आलुको उत्पादन क्षेत्र दोरम्बा, गोकुलगंगा, उमाकुण्ड लगायत रामेछापका स्थानीय तहको मुख्य बजार क्षेत्रमा कोल्डस्टोर निर्माणका लागि पहल गर्ने साथै जिल्लाका सबै पालिकामा चिया र अँलैची खेती विस्तार गरी उद्योग स्थापना गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
स्थानीय पूँजी जिल्लाभित्रै परिचालन गरी कृषि, वन, जडीबुटी, पर्यटन, पशुजन्य वस्तुहरुका लागि घरेलु तथा मझौला उद्योग स्थापना गराउदै जिल्ला बाहिर रहेका उद्यमीहरु जिल्ला भित्र्याउने र विदेशिने युवा जनशक्तिलाई स्वदेशमै रोजगारी दिलाउने गरी सीप सिकाउन सम्बन्धित निकायसँग पहल गर्ने, आर्थिक जोखिमबाट व्यवसायलाई सुरक्षित बनाउन सबै खाले व्यवसायीक बीमाको व्यवस्था गर्ने, जिल्ला भित्र रहेका विभिन्न क्षेत्रगत बजारहरुको व्यवस्थापनका लागि सरोकारवालासँग समन्वय गर्ने, वि.पी राजमार्ग हुँदै रामेछाप जिल्ला प्रवेशमा रोक लगाइएका ठूला मालवाहक ढुवानीका साधानलाई सहज आवागमनको व्यवस्था गर्र्न पहल गर्ने, मन्थली–लुक्ला चल्दै आएको विमान सेवाका कारण यस जिल्लामा भित्रीने पर्यटकहरुलाई मन्थलीमा कम्तीमा एक रातका लागि बस्ने वातावरण सिर्जना गरी जिल्लाको ब्यापार ब्यवसाय बृद्धिका लागि पहल गर्ने बताइएको छ ।
मन्थलीमा भएका होटलहरुको थप स्तरीकरण गर्दै ग्राहकमैत्री बनाउन कार्यशाला तथा तालिमको व्यवस्था गर्ने, जिल्लामा केही वर्षदेखि विभिन्न कारणले रोकिएका औद्योगिक मेला महोत्सवको कार्यलाई पुनः निरन्तरता दिने, उद्योगी व्यवसायीलाई पर्न सक्ने प्राकृतिक प्रकोप जटिल प्रकृतिका रोग उपचारका लागि निश्चित मापदण्ड बनाइ आर्थिक सहयोग प्रदान गर्ने, व्यवासायीक सेवा प्रवाहका लागि रामेछाप उद्योग वाणिज्य संघको सचिवालयमा हेल्प डेक्सको ब्यवस्था गर्ने, रामेछाप उद्योग वाणिज्य संघको आफ्नै वेभसाइड निर्माण गरी व्यवसायीहरुलाई आवश्यक सूचना प्रवाह गर्न सूचना अधिकारीको व्यवस्था गर्ने, व्यवसायीहरुले प्रयोग गर्दै आएका नाप तौलका सामग्रीहरुलाई दर्ता तथा प्रमाणिकरण घरेलु तथा साना उद्योग कार्यालय मार्फत जिल्लामै गराउन पहल गर्ने प्रतिवद्धतामा उल्लेख छ ।


त्यसैगरी व्यवसायीलाई उपभोक्तामैत्री बनाउन आवश्यक तालिम सञ्चालन गर्ने, बजार सरसफाई, सवारी तथा पार्किङ व्यवस्थापनका लागि सरकारी निकायसँग समन्वय गरी सहज बनाउने, जिल्ला अधिवेशन सम्पन्न भएको ३ महिनाभित्र पालिका स्तरीय समन्वय समिति गठन गर्ने, जिल्लामा उत्पादित वस्तुहरुको बजारीकरण सहजताका लागि देवकोटाचोकमा डिजिटल बोर्ड र उत्पादनलाई सबैको पहुँचमा पु¥याउन आवश्यक प्रविधि अपनाउने, रामेछाप उद्योग वाणिज्य संघको सचिवालयमा व्यवसायीहरुका लागि निःशुल्क सञ्चार सेवा, फ्री वाइफाइ र टोल फ्रि नम्बरको व्यवस्था गरी गुनासो रेकर्डको समेत व्यवस्था गर्ने, जिल्लामा उत्पादन हुने वस्तुहरु फलफुल, दुग्धजन्य, तेलहन, दलहन अन्नपान लगायत बिक्री वितरणमा सहजता ल्याउन र अन्तरिक पर्यटक प्रवद्र्धन गर्न, कला संस्कृतिको संरक्षण तथा संवद्र्धनका कार्यहरुलाई बढावा दिन तीनै तहको सरकारसँग समन्वय गर्ने, ण्संघको अगुवाइमा जिल्लामा कार्यशाला गोष्ठी मार्फत बहुवर्षे रणनीतिक योजना निर्माण गर्ने, उत्कृष्ट उत्पादक र व्यवसायीको पहिचान गरी उनिहरुलाई हौसला प्रदान गर्न सम्मान तथा पुरस्कृत गर्ने र दुग्ध व्यवसायीहरुलाई मन्थली नगरपालिकाले हाल उपलब्ध गराँउदै आएको प्रतिलिटर रु २१ को अनुदान बुद्धि गर्न, अन्य पालिकामा अनुदान रकमको सुरुवात गराउन आवश्यक पहल गर्ने र पशु बीमाको किस्ता वापतको रकम पालिकाले नै नियमित रुपमा सम्बन्धित निकायमै भुक्तानी गरिदिने व्यवस्थाका लागि पहल गर्ने प्रतिवद्धता पत्रमा लेखिएको छ ।

प्रतिकृया

Add