कराँते महासंघको अध्यक्षमा शुक्र माझी

 शुक्रबार, फाल्गुन २६, २०७९ | onlinenews

फागुन २६, रामेछाप


रामेछाप- नेपाल कराँते महासंघ रामेछापका अध्यक्षमा शुक्र माझी चयन भएका छन् । बिहीबार सम्पन्न जिल्ला खेलकुद विकास समिति रामेछापको बैठकले माझीलाई महासंघको अध्यक्ष बनाउने निर्णय गरेको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज गाहा मगरको उपस्थितिमा बसेको बैठकले शुक्र माझीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो ।
समितिका उपाध्यक्षमा मकरबहादुर श्रेष्ठ, ज्ञानबहादुर थापा मगर, सचिव मनिकुमार सुनुवार र कोषाध्यक्षमा कुमार चौलागाईँ रहेका छन् । त्यसैगरी सदस्यहरूमा राजु भुजेल, इन्द्र रोजन मगर, विमल सिजाली मगर, रोजी वि.क. उत्तमकुमार श्रेष्ठ, सदीक्षा खड्का रहेका छन् ।

प्रतिकृया

Add