रामेछाप उद्योग वाणिज्य संघमा मगरको प्यानल विजयी

 आइतवार, फाल्गुन २८, २०७९ | onlinenews

रामेछाप- रामेछाप उद्योग वाणिज्य संघमा नवीनकुमार थापामगर नेतृत्वको प्यानल विजयी भएको छ । १४ पदको लागि भएको निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्र समर्थित व्यवसायीहरुको टिम विजयी भएको हो । अध्यक्ष पदमा नवीनकुमार थापामागरले ६ सय ७१ मत ल्याएर विजयी हुँदा उनका प्रस्तपर्धी नवराज ढुङ्गेलले ५ सय ३९ मत पाएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा प्रकाश कुमार श्रेष्ठले ६ सय ४१ मत ल्याएर विजयी भएका छन् भने सुमिका श्रेष्ठले ५ सय ६२ मत ल्याएकी छन् । वाणिज्य उपाध्यक्षतर्फ राम सदिस शाहले ६ सय ५५ मत ल्याएर विजयी भएका छन् भने रामहरि उप्रेतीले ५ सय ३७ मत पाएका छन् । त्यसैगरी उद्योग उपाध्यक्षमा आकाश रिजाल ६ सय ५२ मत ल्याएर विजयी हुँदा चन्द्रबहादुर मानन्धरले ५ सय ३८ मत ल्याएका छन् । महासचिवमा कुमार श्रेष्ठले ६ सय ९ मत ल्याएर विजयी भएका छन् भने सुरेश उदाशले ५ सय ८५ मत पाएका छन् । सचिव पदमा यज्ञप्रसाद सुवेदी ६ सय ९९ मत ल्यार विजयी हुँदा राजु थापामाले ४ सय ९१ मत पाएका छन् । त्यस्तै कोषाध्यक्षमा झनकबहादुर बुढाथोकीले ६ सय ८६ मत ल्याएर विजयी हुँदा सरोज तामाङले ४ सय ९७ मत पाएका छन् । आजीवन सदस्यमा प्रमाेदकुमार श्रेष्ठले ६ सय ५० मत ल्याएर विजयी हुँदा किश्वर पाैडेलले ५ सय २१ मत पाएका छन् । महिला सदस्यमा ६ सय ७६ मत ल्याएर जया सुवेदी निर्वाचित भएकी छन् भने लक्ष्मी श्रेष्ठले ५ सय १६ मत पाएकी छन् । त्यसैगरी सदस्यहरुमा नवीन थापामगरकै प्यालनबाट अर्विनकुमार श्रेष्ठ, राजु श्रेष्ठ, बासुदेव फुयाल, श्यामकुमार श्रेष्ठ र हरेराम क्षेत्री निर्वाचित भएका छन् ।
रामेछाप उद्योण वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनमा कूल मतदाता १ हजार ३ सय ८७ रहेकामा १ हजार २ सय ५३ मत खसेको थियो । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकटका व्यवसायीहरूले संयुक्त प्यालन बनाएर चुनावमा गएका थिए भने नेकपा एमाले निकटका व्यवसायीहरू एकल चुनाव लडेका थिए ।

प्रतिकृया

Add