स्ववियू निर्वाचनका लागि उम्मेदवारी दर्ता

 आइतवार, फाल्गुन २८, २०७९ | onlinenews
Share this

रामेछाप-  मन्थली सहिद स्मृति क्याम्पस मन्थलीको आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता भएको छ । स्ववियू निर्वाचनका लागि नेपाली काँग्रेस समर्थित संगठन नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र समर्थित अखिल क्रान्तिकारी र एकीकृत समाजवादी समर्थित अनेरास्ववियूले संयुक्त प्यालन बनाएर उम्मेदवारी दिएका छन् भने नेकपा एमाले समर्थित अनेरास्ववियुले एकल उम्मेदवारी दर्ता गराएका छन् ।
संयुक्त प्यानलबाट अध्यक्षमा अविनाश कार्की, तेजबहादुर श्रेष्ठ सचिव र कविता खरेलले कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी सदस्यहरूमा अनोज भुजेल, मनिषा काफ्ले, युवराज बुढाथोकी, विनोदकुमार माझी र विनीता माझीले उम्मेदवारी दिएका छन् ।
अनेरास्ववियुका तर्फबाट अध्यक्षमा पुष्कर भट्टराई, सचिव सुशीला थापा र कोषाध्यक्षमा विनीता श्रेष्ठले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्यहरूमा सुदीप कार्की, रविना श्रेष्ठ, अनिल श्रेष्ठ, अनिशा घिमिरे र सोमहरि घिमिरेले उम्मेदवारी दिएका छन् ।
नेकपा एमाले समर्थित अनेरास्ववियुका तर्फबाट अध्यक्षका उम्मेदवार पुष्कर भट्टराईले मुद्दाविहीन तथा दिशाविहीन भएको विद्यार्थी आन्दोलनलाई सिर्जनात्मक र सशक्त रूपमा अघि बढाउन आफ्नो उम्मेदवारी रहेको बताए । विश्वविद्यालय अनुदान अयोगबाट क्युएए प्रमाणपत्र प्राप्त सामुदायिक क्याम्पस भएर पनि विद्यार्थीहरूले चर्को पढाइ शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न आर्थिक स्रोत जुटाएर विद्यार्थीले सहुलियतमा पढ्न पाउने व्यवस्था गर्नका लागि पनि आपूmले उम्मेदवारी दिएको भट्टराईले बताएका छन् ।
त्यसैगरी संयुक्त प्यालनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार अविनाश कार्कीले क्याम्पसको शैक्षिक प्रणालीमा परिवर्तन ल्याउन आपूmले उम्मेदवारी दिएको बताए । स्ववियू सभापतिमा आपूm निर्वाचित भएमा मन्थली सहिद समृति क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउन र स्नातक तहमा कम्युटर विषय थप गर्न पहल गर्ने बताए । क्याम्पसको हाता संरक्षणका लागि घेराबारा लगाई व्यवस्थित बनाउन पनि आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन् ।

Share this

प्रतिकृया

Add