कुलुङ र राईले जिते सुनापति–शैलुङ अल्ट्रा म्याराथुन

 आइतवार, चैत्र ५, २०७९ | onlinenews

रामेछाप- रामेछापमा शनिबार भएको ५५, २५ र ५ किलोमिटर सुनापति–शैलुङ्ग अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथुन प्रतियोगिता अन्तर्गत ५५ किलोमिटरमा पुरुषतर्फ सोलुका धावक सुमन कुलुङ प्रथम भएका छन् । कुलुङले ५ घण्टा २६ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए । प्रतियोगितामा रामेछापका बेदबहादुर सुनुवारले ५ घण्टा २९ मिनेट ४० सेकेण्डमा निर्धारित दूरी पूरा गरी दोस्रो भएका छन् भने दुर्गाराज बुद्धले ५ घण्टा ४४ मिनेट २० सेकेण्डमा निर्धारित दूरी पूरा गरी तृतीय स्थान हासिल गरेका छन् ।
त्यसैगरी महिलातर्फ ५५ मिलोमिटरमा अनिता राई प्रथम भएकी छन् । राईले ७ घण्टा २ मिनेट ५६ सेकेण्डमा दौड पूरा गरेकी थिइन् । मञ्जु रावत ७ घण्टा ३७ मिनेट २२ सेकेण्डमा उक्त दूरी पूरा गर्दै द्वितीय भइन् भने रशीला तामाङले ७ घण्टा ४४ मिनेट ७८ सेकेण्डमा दौड पूरा गरी तृतीय स्थान हासिल गर्न सफल भएकी छन् ।
२५ किलोमिटमा पुरुषतर्फ मोहन देव जोशीले ३ घण्टा ८ मिनेट ३९ सेकेण्डमा उक्त दूरी पूरा गरी प्रथम भए भने देवराज महतराले ३ घण्टा १० मिनेट १० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै द्वितीय र होमलाल श्रेष्ठले ३ घण्टा १४ मिनेट ५ सेकेण्डमा उक्त दूरी पूरा गरी तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।
त्यसैगरी महिलातर्फ नितु तामाङले ४ घण्टा १९ मिनेट ५४ सेकेन्टमा दौड पूरा गरी प्रथम थिइन् भने राज्यलक्ष्मी रावले ४ घण्टा २२ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी द्वितीय र स्वीडेन नागरिक लिन्नेया ग्लेसेटरले ४ घण्टा ५५ मिनेटर ३६ सेकेण्डमा दौड पूरा गरी तृतीय स्थानी हासिल गर्न सफल थिइन् ।
५ किलोमिटमा पुरुषतर्फ मिग्मार सिङगी तामाङले २८ मिनेट ३३ सेकेण्डमा निर्धारीत दूरी पूरा गरी प्रथम भएका छन् । त्यस्तै प्रताव खड्काले २८ मिनेट ५८ सेकेण्डमा दौड पूरा गरी द्वितीय भएका छन् भने टंक कार्की ३० मिनेट ५६ सेकेण्डमा दौड पूरा गरी तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
त्यसैगरी महिलातर्फ हुमी बुढा मगरले ३८ मिनेट ३ सेकेण्डमा उक्त दूरी पूरा गरी प्रथम भएकी छन् । त्यस्तै अनुशा तामाङले ४४ मिनेट २५ सेकेण्डमा दौड पूरा गरी द्वितीय भएकी छन् भने लक्ष्मी श्रेष्ठ ४४ मिनेटर ५५ सेकेण्डमा निर्धारीत दूरी पूरा गर्दै तृतीय स्थान हासिल गर्न सफल भएकी छन् ।
५५ किलोमिटरमा महिला पुरुष दुवैतर्फ प्रथम हुनेले हुनेले ७५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । द्वितीय स्थान हासिल गर्नेले ३५ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने तृतीय हुनेले २० हजार नगदसहित शिल्ड मेडल र प्रमाण–पत्र पाएका छन् ।
२५ मिलोमिटर अन्तर्गत प्रथम पुरस्कार ४० हजार नगद सहित, शिल्ड, मेडल र प्रमाणपत्र रहेको थियो भने द्वितीय पुरस्कार २० हजार नगद शिल्ड, मेडल र प्रमाण–पत्र तथा तृतीय पुरस्कार १० हजार नगद सहित शिल्ड मेडल र प्रमाण–पत्र रहेको थियो ।
त्यसैगरी ५ किलोमिटर अन्तर्गत प्रथम हुने १५ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने द्वितीय हुने १० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण–पत्र तथा तृतीय हुनेले ५ हजार नगदसहित शिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

प्रतिकृया

Add