मन्थली क्याम्पस स्ववियू सभापतिमा कार्की निर्वाचित

 सोमवार, चैत्र ६, २०७९ | onlinenews

रामेछाप– मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस स्ववियू सभापतिमा नेपाल विद्यार्थी संघका अविनाश कार्की निर्वाचित भएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र एकीकृत समाजवादी समर्थित अनेरास्वयुको समर्थनमा साझा उम्मेदवार बनेका कार्की नेकपा एमाले समर्थिक अनेरास्ववियूका पुष्करकुमार भट्टराईलाई ६३ मतान्तरले पछिपार्दै बिजयी भएका हुन् ।
खसेको कुल ५ सय १४ मतमा कार्कीले २ सय ८६ मत ल्याएर विजयी हुँदा भट्टराईले २ सय २३ मत पाएका छन् । कोषाध्यक्ष पदमा कविता खरेल र विनिता श्रेष्ठले बराबरी २ सय ५१ मत पाएपछि कार्यकालको आधा÷आधा समय जिम्मेदवारी सम्हाल्ने सहमति भएको छ । सचिव पदमा अनेरास्ववियूका सुशिल थापा २ सय ६० मत ल्याएर विजयी भएका छन् । थापाले गठबन्धनका उम्मेदवार तेजबहादुर श्रेष्ठलाई १६ मतको पछिपार्दै विजयी भएक हुन् । सदस्यहरुमा गठबन्धनका उम्मेदवार बिनोदकुमार माझी, बिनिता माझी युवराज बुढाथोकी, मनिष काफ्ले र अनोज भुजेल निर्वाचित भएका छन् ।

प्रतिकृया

Add