गिरिजाप्रसाद हट्ठी र साहसी नेता

 मङ्लबार, चैत्र ७, २०७९ | onlinenews

रामेछाप– नेपाली काँगे्रस रामेछापका नेता ध्रुबहरि ढुङ्गेलले गिरिजाप्रसाद कोइराला हट्ठी र अदम्य साहसका धनी नेता भएको बताए । गिरिजाप्रसाद कहिल्यै पछि नर्फने र जुनसुकै शक्तिसँग पनि नडराउने नेता थिए, उनले भने । कोइरालाको १३ औँ स्मृति दिवसका अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन रामेछापले मन्थलीमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै ढुङ्गेलले यस्तो बताएका हुन् । माओवादी जनयुद्धका कारण देशनै जोखिममा परेपछि गिरिजाप्रसादले आपूm हारेर भएपनि देश बचाउने अठोटका साथ माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको बताए । उनी कट्टर कम्युनिष्ट विरोधी नेता भएर पनि आफ्नो पार्टी र राजनीतिलाई दाउमा राखेर निर्वाचन बिनानै तत्कालीन माओवादीलाई ८३ सिट दिएर सरकारमा सहभागी गरएको ढुङ्गेलले बताए । ‘माओवादीलाई सरकारमा सहभागी गराएर मात्रै देशमा शान्ति स्थापना गर्न सकिन्छ भन्ने उद्देश्यले पहिलो संविधानसभा निर्वाचनमा काँग्रेस हारेर माओवादीलाई जिताएका थिए’ ढुुङ्गेलले भने । ढुङ्गेलले भने ‘गिरिजाप्रसाद पछाडि फर्केर हे¥यो भने आफ्नो परिवार र आफन्त देखिन्छ, राजनीतिमा आफन्त र परिवार हेर्न थालियो भने अघि बढ्न सकिन्न’ भन्नु हुन्थ्यो । गिरिजाप्रसाद शान्ति र क्रन्तिका महानायक थिए, ढुङ्गेलले भने ।
नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले गिरिजाप्रसाद कोइराला कट्टर कम्युनिष्ट विरोधी नेता भएको बताए । गिरिजाप्रसाद कम्युनिष्टबाट देश विकास हुँदैन भन्ने सोच राख्नुहुन्थ्यो, कार्कीले भने । पहिलो संविधानसभा निर्वाचनपछि प्रचण्डले गिरिजाप्रसादलाई धोका दिएको कार्कीले बताए । गिरिजाप्रसाद राष्ट्रपति र प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति थियो तर प्रचण्डबाट सहमतिको उल्लंघन भयो, कार्कीले भने । प्रचण्डले धोका दिएपछि गिरिजाप्रसादको मनोबल गिरेको कार्कीको भनाइ थियो । गिरिजाप्रसाद कोइराला फाउण्डेशन रामेछापका अध्यक्ष दिपक खड्काले गिरिजाप्रसाद आफै मैदानमा उत्रने नेता भएको बताए । अरु नेताहरु निर्देशन गर्छन् तर गिरिजाप्रसा कोइराला आफै मैदानमा उत्रिनु हुन्थ्यो खड्काले भने ।

प्रतिकृया

Add