महिलाले झुण्डिएर आत्महत्या गरिन्

 मङ्लबार, चैत्र ७, २०७९ | onlinenews
Share this

रामेछाप- रामेछापको मन्थली बजारमा खाद्यन्न पसल सञ्चालन गर्दै आएकी एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् । मन्थली नगरपालिका–८ चिसापानी घर भइ मन्थलीको कटहर नजिकै व्यवसाय गर्दै आएकी अनु श्रेष्ठले मंगलबार दिउँसो झुण्डिएर आत्महत्या गरेकी हुन् । बिहान बच्चाहरू स्कुल पु¥याएर फर्किएपछि भान्सा कोठामा पसेकी अनु धेरैबेरसम्म बाहिर नआएपछि हेर्न जाँदा भान्सा कोठाको सिलिङमा तन्नाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको मृतककी श्रीमानलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजुप्रसाद ढकालले जानकारी दिए ।
पारिवारिक स्रोतका अनसार एक छोरा र एक छोरीकी आमा अनु मंगरबार बिहान बच्चाहरु स्कुल पुर्याएरर फर्किएपछि खाना खान भनि भान्सा कोठामा पसेकी थिइन् । स्रोतका अनुसार मृतकलाई छोपुवा बेथा रहेको र बेलाबेलामा छोपिरहने भएकाले बुधबार उपचारको लागि काठमाडौँ लैजाने तयारी भइरहेको थियो । रोगकै कारण उनले आत्माहत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रारम्भिक अनुसन्धानमा बिरामी बाहेक अन्य कारण नदेखिएकोे प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहीले जनाएको छ ।

Share this

प्रतिकृया

Add